back
NMB ad

सूचनाको हकसम्बन्धी कार्यशाला शुरु

Kumari bank ad

काठमाडौँ । प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन् ।

कार्यशालामा सूचनाको हकको अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनलगायत विषयमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झर्मेन्द्र झा र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले प्रशिक्षण दिनुहुनेछ ।

सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।यसअघि प्रदेश नं ७ को धनगढी, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ५ को दाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।

२०७५ जेठ १० गते प्रकाशित

वि.सं.२०७५ जेठ १० बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...