back
NMB ad

नागरिकका गुनासो सुन्न सरकारी मोबाइल एपको अवधारणा ल्याउँदै सरकार

Kumari bank ad

काठमाडौं । सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधारणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।

यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ ।

बाबुरम भट्टराई ‘हेलो सरकार’मा समाजिक सञ्जाल र टेलिफोनमार्फत मात्रै गुनासो गर्न सकिन्छ । तर, अब सरकारका सेवा, सुविधा, नागरिकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन लागिएको हो । एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ । यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ । यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ ।

सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् । ‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’

सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ । ‘अहिले धेरै नेपालीको हातमा स्मार्ट फोन पुगिसक्यो । मेरो सरकारले मैले गरेको गुनासो तत्कालै सुन्छ भन्ने अनुभति गराउन यो प्रभावकारी हुन्छ,’ ती अधिकारीले भन्छन् । अनलाईनखबर

२०७५ जेठ १० गते प्रकाशित

वि.सं.२०७५ जेठ १० बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...