Logo

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन कार्य भिवोर क्यापिटललाई हस्तान्तरण

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । उक्त कार्यको लागि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार सम्झौता भएको हो ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट सो कम्पनीका कार्यकारी संचालन गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गर्नुभएको छ । ट्रेड टावर थापाथलीमा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

२०७५ जेठ १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com