back
NMB ad

धादिङको रानी झरनामा व्यवसायीक क्यानोनिङको शुभारम्भ, जेठ २५ र २६ गते हुने राष्ट्रिय महोत्सवको तयारी तिब्र

Kumari bank ad

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायीक शुभारम्भ भएको छ । नेपाल क्यानोनिङ एशोसियसनको आयोजना, थाक्रे गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शनिबार संभाव्यता अध्ययन कार्यक्रमको आयोजना गरी रानी झरनामा व्यवसायीक रुपमा क्यानोनिङ (छाँगावरोहण) सञ्चालनमा आएको जानकारी दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेलले नेपालको पर्यटन संस्कृति र प्रकृतिमा आधारित रहेको बताउँदै रानी झरनाले प्रकृति प्रेमिलाई आकर्षित गर्ने बताउनुभयो । कडेलले एकान्त ठाउँमा रहेको तीन वडा झरनाको दृश्य साहसिक खेल प्रेमिलाई मात्र नभएर एकान्त र शान्त वातावरणले लेखक साहित्यकार र सर्जकहरुको पनि मन जित्न सक्ने बताउनुभयो । उहाँले यसका निम्ति पुर्वाधार विकासमा गुरु योजना बनाएर एककीकृत विकास गर्नु पर्ने औंल्याउनुभयो । यस्ता योजना राष्ट्रयो समेत प्राथमिकतामा रहने भएकाले राष्ट्रिय योजना आयोगले सघाउने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि धादिङ क्षेत्र नं. १ प्रतिनिधिसभाका सांसद भुमी प्रसाद त्रिपाठीले पर्यटन नै समृद्धिको आधार भएकाले यसको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । पर्यटनले पुर्वाधारको विकासमा समेत योगदान दिने भएकाले प्रत्यक्ष व्यापार, व्यवसाय र रोजगारी सिर्जना गर्ने धारणा व्यक्त गर्दै सांसद त्रिपाठीले रानी झरनालाई केन्द्रित गरेर थाक्रेको समग्र विकास गर्न आफुले सरोकारवाला निकायमा पहल गर्ने बताउनुभयो ।

 

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले रानी झरना थाक्रेको लुकेको स्वर्ग भएको उल्लेख गर्दै भौतिक पुर्वाधारमा गाउँपालिकाले योजना बनाए विकास गर्ने बताउनुभयो । अध्यक्ष आचार्यले भन्नुभयो “यहाँ चाहिने भौतिक पुर्वाधार हामी खडा गरिदिन्छौं, व्यवसायी मित्रहरु होटेल, रिसोर्टको प्रस्ताव लिएर आउनुहोस सुरक्षा र लगानीको वातारण मिलाउने जिम्मा स्थानीय सरकारले लिन्छ ।”
अध्यक्ष आचार्यले रानी झरना सहित थाक्रेको वडा नं. ७ मा रहेको खामभञ्ज्याङ, पोखरीचौर, वडा नं. ३ को भुमिचुली, वडा नं. ८ को गणेशचौरलाई पर्यटनको फरक फरक विधाको विकास गरी प्रवद्र्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य पूर्णबहादुर कुँवरले रानी झरनाको संभाव्यता अध्ययनले व्यवसायीक सञ्चालन गर्न योग्य ठहरिएकाले आगामी दिनमा यसको प्रवद्र्धन र भौतिक संरचना विकास गर्न वोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा टानका पुर्व उपाध्यक्ष रामप्रसाद सापकोटाले काठमाडौंबाट एक घण्टामा पुग्न सकिने रानी झरनाले व्यवसायीक शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै पर्यटन व्यवसायीलाई आकर्षित गर्न लगानी र सुरक्षाको प्रत्याभुती दिलाउन स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै क्यानोनिङ एशोसियसनका पुर्व अध्यक्ष कर्णबहादुर लामाले साहसिक पर्यटनमा क्यानोनिङले छोटो अवधिमा ठुलो दायरा बनाएकोले यस्ता लुकेका झरनाहरुले समृद्धिलाई डोहोर्याउने बताउनुभयो । लामाले यसै वर्ष संभाव्यताको अध्ययन गरी आधारभुत गाइड तालिम र राष्ट्रिय महोत्सव समेत यहिँ गर्नुको कारण तीन वटा झरनामा भरपुर मनोरञ्जन दिलाउन सकिने ह्याङ्गिङ, जम्पिङ र स्वीमिङ गर्न मिल्ने पौडी पोखरी भएको, काठमाडौंबाट ४० किलोमिटरको दुरीमा रहेको र नेपाली पर्यटकलाई खास आकर्षित गर्ने अध्ययनको निश्कर्ष रहेको बताउनुभयो । लामाले रानी झरना त्रिशुलीमा र्याफ्टिङ गर्न जाने पर्यटक देखि पोखरा, सौराहा र खप्तडसम्म जाने पर्यटकलाई एक पटक त्यहाँ पुगेर मात्र आफ्नो गन्तव्यमा जाने वातारण बन्ने बताउनुभयो ।

कार्यक्रममा टानका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजाल, धादिङ जिल्ला सहकारीसंघका अध्यक्ष नेत्रराज पौडेल, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रम सिलवाल, थाक्रेका उपाध्यक्ष अम्बिका रुपाखेती लगायत वडा अध्यक्षहरु, सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, तालिमका प्रशिक्षक, प्रशिक्षर्थीहरु र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

रानी झरनामा आइतबारदेखि २१ जना युवाहरुले आधारभुत गाइड तालिम लिइरहेका छन् । जस मध्य ५ जना स्थानीय युवाहरु र १६ जना सदस्य कम्पनीको सिफारिसमा सहभागि रहेका छन् । सात दिनसम्म तालिम लिएपछि रानी झरनामा स्थानीय गाइडहरुले नै पर्यटकलाई सुरक्षित मनोरञ्जन दिलाउँदै क्यानोनिङ गराउन सक्ने एशोसिएसनको विश्वास छ ।

जेठ २५ र २६ गते हुने नेपाल क्यानोनिङ महोत्सवमा स्वदेशी र विदेशी गरी पाँच सय बढी क्यानोनरले सहभागिता जनाउने बताइएको छ । महोत्सवको प्रचारप्रसारका निम्ति ठमेल लगायत काठमाडौंको विभिन्न स्थानमा व्यानर, पम्प्लेट र विद्युतिय प्रचारलाई तिब्र पारिएको छ । सहभागिलाई प्याकेजमा टिकट विक्रि वितरण गर्दै गणेशहिमाल पर्यटन विकास समिति र नेपाल छाँगावरोहण संघले प्रचार र व्यवस्थापन गरिरहेको संघका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो ।

२०७५ जेठ २० गते प्रकाशित

वि.सं.२०७५ जेठ २० आइतवार ११:११ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...