back
NMB ad

युवाहरुलाई नेपालमै रोजगार पाउनेमा ढुक्क हुन पूर्वमन्त्री बस्नेतको आग्रह

Kumari bank ad

काठमाडौ । पूर्व उद्योगमन्त्री तथा संविधानसभाका सदस्य महेश बस्नेतले सरकारले आर्थिक वर्ष ०७५÷७६ को लागि ल्याएको बजेट उत्पादनमुखी भएको बताउनुभयो । राजधानीको सञ्चारकेन्द्र नेपालमा आज आयोजित ‘प्रस्तुत बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा युवानेता समेत रहनुभएका बस्नेतले सो कुरा बताउनुभएको हो ।

बजेटले मुलुक भित्र थप रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु पहिलोपटक गरिएको भन्दै अब विदेशिने युवाहरुलाई नेपालमै रोजगार पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । पूर्वमन्त्री बस्नेतले जलउर्जा, कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना भएकाले हालसम्म नेपालले विदेशमा श्रम बेच्दै आएको युवालाई स्वदेशमै काममा लगाई मुलुकले सम्बृद्धिको यात्रा गर्ने बताउनुभयो ।

पूर्वमन्त्री बस्नेतले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर रू.७ लाखसम्म र विदेशी भूमिमा सिप सिकेर फर्केका युवाहरुलाई १० लाखसम्म ऋण दिने योजना ल्याएकाले यो बजेटले लाखौं व्यक्तिहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने ठोकुवा गर्नुभयो ।

त्यसैगरी पूर्वअर्थमन्त्री तथा कुशल पूर्वप्रशासक शंकरप्रसाद कोइरालाले सरकारले हालै ल्याएको बजेटले मुलुकको सम्बृद्धिको यात्रा तय गरेको बताउनुभयो । हाम्रोजस्तो बजारमुखी अर्थतन्त्र भएको मुलुकले दुई छिमेकी मित्रराष्ट्रसँग रेलमार्ग जोड्दा मुलुकले सम्बृद्धि हाँसिल गर्न सक्ने जनाऊ गर्नुभयो । पूर्वमन्त्री कोइरालाले सरकारले बजेटमा समावेश गरेका मदन भण्डारी राजमार्ग, पश्चिमसेती जलविद्युत आयोजना, काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल, कृषि उत्पादन दोब्बर र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने योजना सरकारको दुरदर्शी योजना भएको भन्दै यी योजनाहरु कार्यान्वयन भएमा मुलुकले सम्बृद्धि हाँसिल गर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी अर्थमन्त्री कोइरालाले राम्रो काम गर्ने सरकारी संस्थानहरुलाई हतोत्साहित होइन प्रोत्साहित गर्नुपर्ने कुरा बताउनुभयो ।

त्यसैगरी उपभोक्ताकर्मी प्रेमलाल महर्जनले यसभन्दा अगाडि प्रस्तुत भएका बजेटभन्दा यसपटकको बजेट संघीय स्वरुपको भएकाले बजेटको आकार केही ठुलो भएको हो कि भन्ने प्रश्न गर्नुभयो । पछिल्लो समय देशभर इन्धनलगायत खाद्यान्नको चरम मूल्यबृद्धि भएको बताउँदै सरकारले हनिमुन मनाएर कोठाबाट निस्कन नपाउँदै मूल्यबृद्धि गर्नु आम सर्वसाधारणको लागि चिन्ताको विषय भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहँदा नेपाली बजारमा तेलको मूल्य बृद्धि हुनुलाई यो सरकार जनताको सरकार नभएको बताउनुभयो । महर्जनले कालिमाटी तरकारी बजारले किसानबाट १० रुपैँयामा ल्याएको तरकारी उपभोक्ताहरुलाई ६० रुपैँयामा बेचिरहेको बताउँदै यहाँभित्र भएको विकृत्ति अन्त्य गर्नका लागि सरकार निर्मम भएर प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लामो समयदेखि उपभोक्ताहरुको हक हितमा काम गर्दै आउनुभएका महर्जनले सरकारी संस्थानहरु धमाधम धराशयी भइरहेको विषयमा इंगित गर्दै नेशनल टेडिङ्गलाई जस्तै साल्ट टेडिङ्ग कर्पोरेशनलाई पनि धराशयी बनाउने खेल भइरहेको प्रति आक्रोश व्यक्त गर्दै एक अरब ६३ करोड रकम दुर्गम क्षेत्रमा नुन ढुवानीका लागि अनुदान दिइएको रकमलाई अहिले आएर शेयरमा परिणत गर्नुपर्छ भन्नु सरासर गलत भएको टिप्पणी गर्नुभयो । यो संस्थालाई बचाउनका लागि पूर्वमन्त्री बस्नेत र कोइरालालगायत कार्यक्रममा सहभागि सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

यसैबीच, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले जिम्मेवार र जवाफदेही ढँगले पत्रकारिता गर्नुपर्ने, सत्य तथ्य र सन्तुलितको मूल्य मान्यतालाई सञ्चारकर्मीहरुले भुल्न नहुने भन्दै जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न सबै सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरु, वरिष्ठ सञ्चारकर्मीसहित ठुलो संख्यामा सहभागिता रहेको थियो ।

२०७५ जेठ २४ गते प्रकाशित

वि.सं.२०७५ जेठ २४ बिहीवार १०:०७ मा प्रकाशित

You can share this post!

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...