back
NMB ad

वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने बताउनुभएको छ । मन्त्री तथा सचिबहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिनु हंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको,जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यो सरकार पुजारी जस्ते होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने । अनि भोली फेरी उहि रित दोहो¥याउने” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशलाई हामीले नयां ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।”प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताउनुभयो । “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने,कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस ” प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै भन्नुभयो “असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ । ”

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिबहरुलाई यसको प्रत्याभुती दिन प्रधामन्त्री ओलीले निर्देशन दिनु भएको छ ।“सरकार भ्रष्टाचारप्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ,कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

२०७५ जेठ २५ गते प्रकाशित

वि.सं.२०७५ जेठ २५ शुक्रवार १४:५७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...