Logo

अब बचत र मुद्दती दुबैमा सिभिल बैंकको सर्वाधिक ब्याज !

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता”ल्याएको छ ।

बैंकले सो बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात दश हजार रुपियाँ रहेको सो बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट दिइने निर्णय बैंकले गरेको छ ।

यस्तै पाँच लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा हुनुका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

त्यसै गरी आफ्ना ग्राहकहरुलाई उच्चप्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ । जसमा न्यूनतम मौज्दात तीन लाख रुपियाँ रहेको बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताउनु भयो ।

२०७५ जेठ २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com