Logo

माछापुच्छ्रे बैंकको डिम्याट खाता नहुनेले यसरी पाउँछन् लाभांश

काठमाडौं । माछापुच्छ्रे बैंकले डिम्याट खाता खोली बैंकलाई जानकारी गराएका सेयरधनीको लाभांश खातामै जम्मा गरेको छ । बैंकले डिम्याट खाताको विवरण बैंकमा अभिलेख गराएका सेयरधनीलाई मात्र ९प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । बैंकको मंसिर २८ गते बसेको वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएको थियो ।

डिम्याट खाता खोलिसकेका तर बैंक खाता अद्यावधिक गर्न बाँकी रहेका सेयरधनीले आफ्नो डिम्याट खाता रहेको कार्यालयमा गएर खाता अद्यावधिक गराउनुपर्नेछ । अनिमात्र लाभांश खातामै पाइनेछ ।

यस्तै, हालसम्म डिम्याट खाता नखोलेका सेयरधनीले लाभांश पाउन अनिवार्य खाता खोल्नुपर्ने बैंकले जनाएको छ । डिम्याट खाता खालेर यसको विवरण बैंकलाई पनि जानकारी गराएपछि मात्र लाभांश जम्मा गरिने भएको हो ।

२०७५ जेठ ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com