Logo

सरकारी कोटामा कोरिया पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । लमजुङको दुर्दी गाउँपालिका (२ घर भई हाल ललितपुर महानगरपालिका वडा नं। ४ बस्ने बर्ष ५३ को मिन बहादुर थापालाई लगनखेलबाट र काठमाडौं महानगरपालिका वडा नं। ९ बस्ने बर्ष ३५ को जोसेफ श्रेष्ठलाई पुतलीसडकबाट पक्राउ गरिएको व्युरोले जनाएको छ ।
कोरियामा राम्रो रोजगारीको अवसर छ, सरकारी कोटामा कोरियामा १ बर्षको लागी भिषा लगाई पठाई दिन्छौ भन्दै प्रति व्यक्ति ११ लाख रूपैयाँ का दरले लाग्ने भन्दै ९ जना व्यक्तिहरूबाट ७९ लाख ६५ हजार ८ सय रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरु दुवैलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर पठाईएको व्युरोले जानकारी दिएको छ ।

२०७५ जेठ ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com