Logo

राजा घलेलाई काठमाडौंमा भव्य सम्मान

काठमाडौं । अमेरिकाको एटलान्टामा लामो समयदेखि बस्दै आएका समाजसेवी तथा एटलान्टाका लागि पर्यटनदूत राजा घलेलाई अभिनन्दित भएका छन् ।

नेपाल भ्रमणमा रहेका घलेलाई विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा।रामचन्द्र अधिकारीले भृकुण्टी मण्डपमा आयोजित एक विशेष कार्यक्रममाबीच अभिनन्दन सहित सम्मान गरेका हुन् ।

बैकटेश्वर पीठाधीस अनन्त विभूषित श्री १००८ स्वामी पदम धराचार्य महाराज एवम् सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबा महाराजश्री विशिष्ट आतिथ्यमा हिन्दु राष्ट्र पुन स्थापना आजको आवश्यकता विचार गोष्ठीको अवसर पारेर घलेलाई अभिनन्दन गरिएको हो ।

पर्यटनदूत अमेरिकाका विभिन्न संघ–संस्थामा आबद्ध छन् । विभिन्न संघरसंस्थाको नेतृत्व लिई सकेका छन् । आफ्नो व्यवसाय संचालन गरेर बसी रहेका घले बिमान चालक समेत हुन् ।

२०७५ जेठ ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com