back
NMB ad

खेती योग्य जमिनमा आवास होईन खेती नै गर्नु पर्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक सहर विकास गर्न व्याबशायीहरुलाई आग्रह गर्नुभएको छ ।
७ औं घर जग्गा मेला २०७५को आज भृकुटी मण्डपममा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

खेती योग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नु पर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“ठुला प्लटमा एकै प्रकारको खेती गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जग्गाको अनावश्यक खण्डिकरण रोक्नु पर्दछ ।” सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारले नीति बनाइदिने हो सहरको निर्माण व्यावशायीले गर्ने हो ।”सुर्खेत, दाङ, लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

असुरक्षित आवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीले बताउनुभयो । अब बस्ती निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने र व्यवस्थित र आधुनिक सहर निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घर जग्गा मेलाका निष्कर्षहरु सरकारलाई बुझाउन आग्रह गर्नुभएको छ । “तपाईंहरुका समस्या के के छन् सरकारलाई बुझाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरोकारवाला सबै पक्षसंग छलफल गरेर समस्या सुल्झाउन पहल गरौंला ।”

२०७५ असार १ गते प्रकाशित

वि.सं.२०७५ असार १ शुक्रवार १६:४७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...