back
NMB ad

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुन्छ : भीम रावल

Kumari bank ad

‘चीनीयाँ सहयोगमा विद्युत प्रशारण लाईन र तेल भण्डारण गृह निर्माण हुन्छ’
‘भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ’

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले यसअघिको प्रधानमन्त्रीत्व कालमा वर्तमान प्रधानमन्त्री ओलीले चीनसँग गरेको १० बुँदे सम्झौतालाई अब ठोस रुपमा कार्यान्वयन गर्ने बेला आएको सुनाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘यसपटकको उहाँको भ्रमणमा ती १० बुँदे सम्झौतासहित थप सम्झौता हुनसक्ने बुझिएको छ।’ नेपालप्रति चीनीयाँ सरकार सकारात्मक रहेको बताउँदै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ठोस सहमति हुने अपेक्षा आफूहरुले गरेको जनाए ।
उनले रसुवागढीहुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए । उनले भने,‘अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमापनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ, प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ।’
यसअघि चीनसँग भएको १० बुँदे सहमतिहरुमा सबैभन्दा महत्वपूर्ण, उल्लेखनीय र दिर्घकालिन चरित्रको विषयहरुमा नेपालले चीनीयाँ भूमी भएर पारवाहन सुविधाको उपभोग गर्न पाउने कुरा रहेको बताउँदै रावलले भने,‘हामीले यसभन्दा अगाडि जहिल्यैपनि पारवाहन सुविधाको कुरा गर्नेवित्तिकै भारतमात्रै गर्ने कुरा थियो, तर अब त्यसो होईन, नेपालले भारतबाटपनि चीनबाटपनि भुपरिवेष्ठित मुलुकको हैसियतबाट पारवाहन सुविधा लिनसक्छ, पाउँछ, यो अन्र्तराष्ट्रिय कानूनबाट प्रदत्त कुरा हो भन्ने कुरालाई हामीले स्थापित गरेका छौं।’
उनले चीनीयाँ सरकारको तर्फबाट पनि नेपालले पारवाहन सुविधा प्राप्त गर्न सक्ने कुरामा सकारात्मक रुपमा पहिल्यै नै आफ्नो सहमति जनाईसकेको बताए । उनले भने,‘यो विषयमा अब ठोस रुपमा सहमति हुने हामीले अपेक्षा गरेका छौं।’
कतिपय सुरक्षाविदहरुले उत्तरको हिमालय अलंगनीय (पारै गर्न नसकिने) हो भन्ने व्याख्या गरेपनि अब त्यो अवस्था नरहेको उनको जिकिर छ । उनले भने,‘हामीले पहिले तातोपानीबाट सडक पार गर्ने जोडेका थियौं, अब रसुवाडढीहुँदै नेपाल र चीनमा रेलवेको माध्यमबाटपनि दुई देशलाई जोड्नेबारे पहिल्यै नै जुन सैद्धान्तिक सहमति गरिसकिएको छ, अब त्यसलाई ठोस रुपमा व्यवहारिक कार्यान्वयनको रुपबाट अगाडि जाने कुरालाई यो वर्तमान भ्रमणले अझ गति दिने अपेक्षा गरेका छौं ।’
त्यस्तै उनले विद्युत प्रशारण लाईन र नेपालले निर्माण गर्नुपर्ने तेल भण्डारण गृह निर्माणबारे पनि चीनीयाँ सहयोग रहने विश्वास दिलाए । यो पटकको भ्रमणमा यसबारेमा पनि सहमति हुने संभावना रहेको उनको विश्वास छ । उनले भने,‘चीनीयाँ सहयोगमा प्रशारण लाईन र तेल भण्डारण निर्माण हुन्छ।’
चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपाली वस्तुहरु चीनतर्फ निर्यात गर्नुपर्नेमा सहजता पुर्याउने पनि रावलले जोड दिए । उनले थपे,‘जलविद्युतको विकासमा अझै थप सहमति हुने संभावना छ।’
नेपालमा चीनीयाँ सहयोगमा निर्माणाधिन सबै परियोजनाहरुले निर्माणको काममा अझै गति प्रदान गर्ने र जलविद्युत र पूर्वाधारको क्षेत्रमा (सरकारी र नीजी) स्तरमा अझै सहयोगको अभिवृद्धि हुने कुरा सरकारले बाहिर ल्याएकोप्रति उनले खुशी व्यक्त गरे । नेता रावलले भने,‘यी कुराहरुले नेपालको आर्थिक विकासको लागि अत्यन्तै ठूलो योगदान पुर्याउँछ, र यीनीहरु महत्वपूर्ण छन्।’
वर्तमान प्रधानमन्त्री ओलीले हालै भारत भ्रमणको क्रममा गरेका सम्झौताहरु अहिले धमाधम कार्यान्वयन हुन थालेको उल्लेख गर्दै रावलले भने,‘भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले गर्नुभएका सहमति तथा सम्झौताहरु अहिले कार्यान्वयनबारे केही सुखद् परिणामहरु देखा परेका छन्, जस्तो विराटनगरमा रहेको भारतीय अस्थायी कार्यालय हट्नु, भर्खरैमात्र राष्ट्रिय ध्वजावाहक या अन्तर्राष्ट्रिय वायुमार्गमा थप हवाई रुट परमिटबारे सैद्धान्तिक सहमति हुनु लगायत सुखद परिणामहरु देखा परेका छन्, यो राम्रो कुरा हो।’
स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्नताको मान्यता अनुरुप सबै देशसँग नेपालको सुमधुर सम्बन्ध कायम गर्ने बताउँदै रावलले भने,‘नेपालको नेपालको संविधान जारी भैसकेपछि अब ढुक्कसँग समृद्धि र विकासको यात्रामा अगाडि बढ्ने जुन हाम्रो संकल्प छ त्यसमा प्रधानमन्त्रीको यो चीन भ्रमणबाट महत्वपूर्ण योगदान हुने मैले अपेक्षा लिएको छु।’
फरक प्रसँगमा उनले पार्टीको संगठन अब कस्तो हुन्छ भन्नेबारे प्रकाश पार्दै भने,‘हामीले पार्टीको तर्फबाट प्रत्येक जनसंगठनमा, जिल्ला तह र प्रदेश तहमा चार सदस्यीय कार्यदल हुने र त्यसमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादीको तर्फबाट ईन्चार्ज, सह–ईन्चार्ज वा संयोजक, सह–संयोजक, जिल्ला अध्यक्ष वा जिल्ला ईन्चार्जहरु रहेर त्यसैगरि जनसंगठनमा पनि पार्टीको एकताको प्रस्ताव अर्थात त्यसमा पनि कुन–कुन व्यक्तिहरु रहने भन्नेबारे प्रस्ताव तयार पार्ने कुरा यसअघिपनि भैसकेको छ।’
रावलले पार्टीको तर्फबाट विधान पारित भएर निर्वाचन आयोगमा गैसकेको जानकारी दिँदै भने,‘नियामावली र मस्यौदा तयार भैसकेको छ, राजनीतिक प्रतिवेदन तयार भैसकेको छ, हिजोमात्रै सम्पन्न स्थायी कमिटीको बैठकले यसभन्दा अगाडि केन्द्रिय कमिटीले दिएको अधिकार बमोजिम पार्टीका अध्यक्षहरुबाट सम्पादनपछि त्यो विधान पूर्ण रुपमा कार्यान्वयनमा जान्छ ।’
नियामावली र विधानमार्फत संगठन र नेताहरुको व्यवस्थापनको काम आफूहरुले टुँगो लगाउने रावलको विश्वास छ ।

२०७५ असार ३ गते प्रकाशित

वि.सं.२०७५ असार ३ आइतवार १९:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...