back
NMB ad

नेपाल बैंकले पायो एफपीओ बिक्री गर्न अनुमति, अब चुक्ता पुँजी कति ?

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डले नेपाल बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको छ । नेपाल बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्न अनुमति दिएको हो । बैंकले फेस भ्यालु १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँ दरमा एफपीओ बिक्री खुला गर्नेछ ।

सरकारी स्वामित्वको बैंकले नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्री पछि चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

एफपीओको प्रिमियमबाट आएको पैसा भने जगेडा कोषमा जानेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा छ ।

२०७५ असार ४ गते प्रकाशित

वि.सं.२०७५ असार ४ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...