back
NMB ad

बिद्युत प्राधिकरणको लापरवाहीे, दुई सातादेखि गाउँमा विजुली बलेन

Kumari bank ad

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को चारवटा टोलमा बिद्युत्त प्राधिकरणको लापरवाहीका कारण गएको जेठ २२ गते देखि बिद्युत्त लाईन अबरुद्ध हुन पुगेको छ ।
पृथ्वीराजमार्गको महेशदोभानबाट माझिखेत,माझिलोसे, रैकर,बराडाँडा लगायतको गाउँ तर्फ लगेको बिद्युत्त लाइनमा समस्या देखिएको भन्दै नेपाल बिद्युत प्राधिकरण गजुरी शाखाका कर्मचारीले जेठ २२ गते काटिदिएको बिद्युत्तलाइन अझे सम्म नजोडिदिंदा गाउँबासीले विजुली उपभोग गर्न नपाएका हुन । राजमार्गबाट २० मिनेटको दुरीमा रहेको बस्ती दुई साता देखि बिद्युत्त विहिन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीयको आरोप छ ।
बस्तीमा लगेको विजुलीको लाइन संग माझिखेतमा भर्खरै संचालनमा आएको वालुवा प्रशोधन उद्योगमा जोडेको बिद्युत्त लाइन हावा चलेको बेला एक आपसमा जुध्ने भएपछि प्राधिकरणले बस्ती तर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत संचालन गरिदिएको छ । उद्योग वरिपरीका घरमा पनि विजुली वलिरहेको छ । त्यहाँबाट २ सय मिटर परको बस्ती भने टुकीको भरमा बस्नु परेको भन्दै स्थानीयले प्राधिकरणको लापरवाहीको विरोध जनाएका छन् ।
गाउँका ३० घर परिवार दुई साता देखि बिजुली उपभोग गर्नबाट बञ्चित हुनुपरेपछि काटिएको लाइन जोडिदिन अनुरोध गर्दे गाउँवासी दर्जनौं पटक बिद्युत्त प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन । गाउँवासीले लाइन जोेडिदिन मौखिक तथा लिखित अनु्रोध गरेपनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन । बिद्युत्त प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनिहरुले गल्छी गाउँपालिका,धादिङ क्षेत्र नम्बर १ का सांसद भुमिप्रसाद त्रिपाठी,जिल्ला प्रशासन कार्यालय, नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा मार्फत पनि प्राधिकरणको गजुरी शाखाको ध्यानाकर्षण गराएपनि खासै उपलव्धि हुन नसकेको उनले वताए ।
राजमार्गबाट गाउँ तर्फ लगिएको विजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्नेक्रम बढिरहेको छ, ‘प्राधिकरणले लाइन काटेपछि दुईवटा पोल ढलिसक्यो, कृही व्यक्तिले यहि मौका छोपेर आफ्नो खेतमा पोल गाड्न नदिएपछि गाउँबासी नजिकैको टोलमा वलेको विजुली हेरेर टुकी र मैनबत्ती वालेर बस्न वाध्य भएका छन । गाउँमा रहेको काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर रहेको छ,केही ठाउँमा भाँचिएको पोललाई टेको दिएर अड्याएर राखिएको छ’ स्थानीय स्थानीय प्रविन भण्डारी बताउँछन ।
अहिले विजुली वन्द भएको गाउँबस्तीमा अहिलेकै अवस्थामा विजुली लाइन सुचारु गर्न सक्ने अवस्था छैन, गत बर्षको पुसमा पनि एक महिना सम्म गाउँमा विजुली वन्द भएपछि वडाबाट तत्काल वजेट निकासा गरी विग्रिएको लाइन वनाएर गाउँमा विजुली वाल्ने व्यवस्था मिलाएको गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । विगतमा जहाँ जहाँ पोल गाडिएका थिए त्यही स्थानमा पुराना पोल हटाएर नयाँ पोल गाड्नु पर्ने प्राधिकरणको भनाई छ, केही व्यक्तिले भने अनावश्यक विवाद सिर्जना गरी आफ्नो जग्गामा पोल गाड्न नदिने अडान लिएका कारण बिद्युत्त प्राधिकरणको ढिलासुस्ती र लापरवाहीलाई मलजल गरिरहेको वडा अध्यक्ष श्रेष्ठको बुझाई छ ।
एउटै गाउँमा पटक पटक एकै प्रकारको समस्या आउँदा प्राधिकरणले समस्या समाधानका लागि खासै चासो नदिएको गाउँलेहरु बताउँछन ।दुई साता देखि गाउँमा विजुली वन्द भएपछि सहयोग गरिदिन आईतबार गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठलाई भेट्न पुगेका स्थानीयलाई अध्यक्ष श्रेष्ठले आंफु अस्वस्थ रहेको भन्दै गाउँवासीको कुरा नसुनि कार्यालयबाट वाहिरिएका थिए । गाउँमा बिद्युत्त लाइन अवरुद्ध भएको बिषयमा अध्यक्ष श्रेष्ठले गाउँवासीलाई वेवास्ता गरेपछि गाउँलेहरुले उपाध्यक्ष राधा तिमिल्सिनालाई भेटेर आफ्नो समस्या सु्नाएका थिए ।
उपाध्यक्ष तिमिल्सिनाले प्राधिकरण गजुरी प्रशाखाका प्रमुख तोरणकुमार पोखरेललाई तत्काल प्राविधिक टोली गाउँ पठाएर समस्याको पहिचान गर्न अनुरोध गरेपछि कार्यालय प्रमुख पोखरेलले तुरुन्तै टोली खटाउने वताएको भएपनि काम भने भएको छैन ।
पुराना भएका काठको पोल मक्किएर भाँचिएको भन्दै गाउँवासीले १३ वटा स्टिल पोल माग गरेकोमा पछिल्लो तीन दिनमा ९ वटा स्टिल पोल गाउँमा पठाएपनि त्यो पोल कहाँ र कसरी गाड्ने भन्ने बिषयमा जानकारी दिन प्राधिकरणले प्राविधिक भने खटाएको छैन ।

२०७५ असार ४ गते प्रकाशित

वि.सं.२०७५ असार ४ सोमवार २२:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...