back
NMB ad

याद गर्नुहोस, २० लाख २० हजार कित्ता लिलामी सकार्ने अन्तिम म्याद भोली सकिँदै

Kumari bank ad

काठमाडौं । देवः विकास बैंकको २० लाख २० हजार कित्ता लिलामी सेयर भर्ने समय शुक्रबारसम्मलाई तोकिएको छ । बैंकले असार १ गतेदेखि २० लाख २० हजार ५९.५९ कित्ता सेयर लिलामीमा बिक्री गरिरहेको छ । संस्थापक समूहको १४ लाख ७९ हजार २६४. ८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४.७१ कित्ता सेयर लिलामी प्रक्रियामा ल्याइएको हो । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्ता सम्म आवेदन दिन सकिनेछ ।

यसअघि देवः ले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १९ हजार ९५३ जनाबाट ४५ लाख १३ हजार ४९ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर अहिले लिलामीबाट बेचिएको हो ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा देवः को केन्द्रीय कार्यालय, लालदरबार काठमाडौंबाट पनि भर्न सकिनेछ ।

हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा (वार्षिक) रहेको देवःको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ५७ पैसा छ ।

२०७५ असार ७ गते प्रकाशित

वि.सं.२०७५ असार ७ बिहीवार १२:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...