Logo

५ लाख ४० हजार कित्ता आइपिओ जारी गर्न चौतारीले दियो धितोपत्र बोर्डमा निवेदन

काठमाडौं । ५ लाख ४० हजार कित्ता साधारण सेयर जारी गर्न चौतारी लघुवित्तले धितोपत्र बोर्डमा निवेदन दिएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारीले असार ७ गते निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ ।

साधारण सेयर निष्काशन गर्न कम्पनीले यसअघि एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

१२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारीको साधारण सेयर निष्काशन पश्चात १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ तथा जारी पूँजी १८ करोड रुपैयाँ रहेको छ ।

२०७५ असार १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com