back
NMB ad

श्यामकुमार श्रेष्ठको अध्यक्षतामा प्रवासी नेपाली मंच कोलोराडो राज्य कमिटी सर्वसम्मत

Kumari bank ad

नातिबाबु भट्ट
कोलोराडो (अमेरीका) । प्रवासी नेपाली मंच दोश्रो कोलोराडो राज्यको भेला सनीबार नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच केन्द्रिय उपाध्यक्ष यमुना भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कोलोराडो राज्य कमिटी गठन गरेको हो ।

कोलोराडोको बोल्डर स्थित काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न भेला ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले सफल कार्यकालको शुभकामना मन्तब्य दिएका थिए । यसरी शुुभकामना दिनेहरुमा केन्द्रिय उपाध्यक्ष यमुना भट्टराई, केन्द्रिय सदस्य शान्ति बर्मा, केन्द्रिय सचिवालय सदस्य गोकर्ण दाहाल, संगठन बिभाग सदस्य द्धय बेदनिधी दाहाल, तिर्थ बर्मा, पूर्ब उपाध्यक्ष जिवन जोशी, टेक्सास राज्य कमिटी अध्यक्ष मणी भण्डारी, ईन्द्रेणी सास्कृतीक संघका अध्यक्ष तारा भुषाल, नेपाली घरका अध्यक्ष लछुमन राना, समाजसेवी द्धय डा. बिष्णुबहादुर श्रेष्ठ , नारायण श्रेष्ठ लगायतका रहेका थिए । कार्यक्रमको संचालन तिर्थ बर्माले गरेका थिए भने सभापतित्व डोलबिक्रम मल्लले गरेका थिए ।

उद्धाटन सत्र पछि सम्पन्न बन्द सत्रले श्यामकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्सिय कोलोराडो राज्य कमिटी गठन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कृष्ण घिमीरे, विजय बगाले, सन्तोष न्यौपाने, मेघमणी घिमीरे रहेका छन् । त्यस्तै सदस्यहरुमा दिनेश कार्की र दिपक बर्तौला रहेका छन् । बाँकि सदस्यहरु भने पछि पूर्ण बैठकले क्षेत्र मिलाएर तोक्ने बताईएको छ । त्यसैगरी भेलाले सल्लाहकारमा समाजसेवी द्धय डा. बिष्णुबहादुर श्रेष्ठ र नारायण श्रेष्ठलाई चयन गरेको छ ।

नव निर्वाचित पदाधिकारीहरुलाई संगठन बिभागका सदस्य तिर्थ बर्माले संगठनको सपथ खुवाए भने, केन्द्रिय उपाध्यक्ष यमुना भट्टराईले नव निर्वाचित पदाधिकारीहरुलाई खादा ओढाई स्वागत गरेकी थिईन् ।

२०७५ असार १० गते प्रकाशित

वि.सं.२०७५ असार १० आइतवार २२:०२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...