back
NMB ad

सामुदायिक लघुवित्तका अध्यक्ष, सञ्चालक र सिइओ बैंकिङ कसूरमा पक्राउ, यस्ता छन् अभियोग

Kumari bank ad

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तिय संस्थाका सञ्चालक र तत्कालिन सिइओ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

संचालक समिती र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा नियम बिपरीत निर्णय गराई रकम प्रबाह गरी वित्तिय संस्थालाई २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्याएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका चार जनालाई उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरी केन्द्रीय व्युरोले जनाएको छ । पक्राउ उर्नेहरुमा पाल्पा जिल्ला तानसेन नगरपालिका, वडा नं। ४ घर भइ हाल टोखा नगरपालिका वडा नं. ९ गोंगवु बस्ने वर्ष ५७ को हिरा बिश्वकर्मा ९संचालक समितीको अध्यक्ष०, काठमाण्डौं महानगरपालिका वडा नं. २२ खिचापोखरी बस्ने वर्ष ६५ की चण्डेश्वरी प्रधान (संचालक समितीको सदस्य०, ललितपुर, गोदावारी नगरपालिका वडा नं। १२ ठेचो बस्ने वर्ष ५१ को बटुकृष्ण कार्की (संचालक समितीको सदस्य० र ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने बर्ष ६५ को स्वयम्भु राम जोशी (तत्कालीन सिइओ) रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तत्कालीन सिइओ स्वयम्भु राम जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्विकृति बिना मिलोमतोमा गुडविलको रुपमा भनि २ करोड ५० लाख रुपियाँ प्रबाह गरेको, सिइओले राष्ट« बैैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षक मा आफु खुसी ७ लाख ४४ हजार भन्दा बढि भुक्तानी लिएको, निर्धारित हद भन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति स्वयम्भु राम जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला शुरु गरेको, संस्थाले आर्थिक कारोबार गर्दा अपारदर्शी ढंगले कारोबार गर्ने गरेको तथ्यहरु फेला परको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

२०७५ असार १६ गते प्रकाशित

वि.सं.२०७५ असार १६ शनिवार १५:०३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...