back
NMB ad

हुलाकी सडकखण्ड निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश

Kumari bank ad

गुलरिया । गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच रु १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दीघाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो । भत्किएको पुल केन्द्रीय तहले अनुसन्धान गरिरहेको छ ।

तर, हुलाकी सडकअन्तर्गत ढोढरी र भुरीगाउँ सडकखण्डको निर्माणमा भने उनीहरुले चित्त बुझाएका छन् । “राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,” सांसद तिलक शर्मा ‘हिमाल’ले भन्नुभयो । कसैले यही सडकखण्ड राम्रोसँग बनाउने, कसैले मनपर्दी गर्न पाइन्छ रु उहाँले प्रश्न गर्नुभयो ।

चर्को गर्मी बढेसँगै अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको नेपाल–भारतको सीमा मुर्तिहादेखि राजापुरसम्मको यात्रा कष्टकर बनेको छ । उता अनुपयुक्त डाइभर्सनको संरचनाका कारण हुलाकी सडकमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यतिबेला हुलाकी सडककै कारण सास्ती खेप्न बाध्य रहेको स्थानीयवासीले गुनासो गरिरहेका छन् ।

सडक हिलाम्मे हुँदा आवतजावतमा असर पर्दा सर्वसाधारण मर्कामा परेको उनीहरुको गुनासो छ । हिलाम्मे सडकका कारण गुलरिया, मधुवन र राजापुरको व्यवसाय चौपट छ । बजार क्षेत्रमा हिलो हटाउन पटकपटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । हिलाम्मे सडक खण्डमा ठेकेदारलाई ढुङ्गा हाल्न लगाएर सडक सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

निर्माण सामग्री संकलनको काम भइरहेको र हुलाकी सडक निर्माणले तीव्रता नपाएको ठेकेदार कम्पनीका साइट इन्चार्ज सूर्य गुरुङले बताउनुभयो ।

२०७५ असार २५ गते प्रकाशित

वि.सं.२०७५ असार २५ सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...