back
NMB ad

‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’

Kumari bank ad

–रमेश लम्साल/सिबी अधिकारी

काठमाडौँ । नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ ।

‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यही असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको छ । यस्तै आगामी तीन साताभित्र सोही प्रकृतिको अर्को जहाजसमेत नेपाल आइपुग्नेछ ।

दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको, निजी उद्योगी तथा पर्यटन व्यवसायीको समेत निगमसँग त्यस्तै अपेक्षा रहेकाले आफूहरु उक्त योजनामा केन्द्रित भएको बताउनुभयो ।

“यूरोप, अमेरिकासम्म निगमको जहाज उडाउने योजना छ । एसियाली मुलुकका गन्तव्य तथा छिमेकी देशहरुमा समेत हामी सेवा उपलब्ध गराउँछौ”–महाप्रबन्धक कसांकारले भन्नुभयो, “नेपाल आउने पर्यटक केन्द्रित मुलुकमा निगमको सेवा पु¥याउँछौ ।”

आक्रामक रुपमा स्वदेशी तथा विदेशी गन्तव्यमा सेवा पु¥याउने र विदेशी विमान कम्पनीले बोक्दै आएका यात्रुसमेत निगमका विमानमार्फत नै ल्याउने लक्ष्यसमेत लिइएको छ । आन्तरिक गन्तव्यमा खस्किएको बजार समेत उकासेर उपभोक्तालाई प्रभावकारी एवं सहज सेवा दिने लक्ष्य राखिएको छ । विमानस्थल रहेका सबै गन्तव्यमा निगमको जहाज उडाइने छ ।

महाप्रबन्धक कसांकारले आन्तरिक तथा बाह्य दुवै गन्त्वयमा सेवा दिने र निगमको आर्थिक स्वास्थ्यमा समेत गुणस्तरीय सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । निगमले करिब रु २४ अर्ब लागतमा दुई वाइड बडी जहाज खरिद गरेको हो । त्यसमध्ये एउटा जहाज आइसकेको छ भने अर्को आउने क्रममा छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगमा ती जहाज खरिद गरिएको हो ।

यसअघि ल्याइएका दुई वटा न्यारो बडी जहाजको पनि निगमले कर्मचारी सञ्चय कोषलाई नियमित रुपमा ऋण तिरिरहेको छ ।

एघार गन्तव्यमा निगमका जहाज

निगमले नयाँ थपिएका जहाजले ११ गन्तव्यमा उडान गर्ने भएको छ । आगामी साउनको दोस्रो सातादेखि उडानमा आउने वाइड बडी जहाज तथा नियमित उडानमा रहेका न्यारो बडी जहाजले समेत ती गन्तव्यमा उडान गर्नेछन् ।

निगमको तालिकाअनुसार हाल आठ गन्तव्यमा उडान गरिरहेको छ । नयाँ जहाजपछि थप तीन गन्तव्य जापान, दक्षिण कोरिया र साउदी अरेबियामा निगमको जहाज उड्नेछन् । यस्तै भारत र चीनमा केही शहर र म्यानमार, श्रीलंका, भियतनामलगायत देशमा पनि उडान गर्ने निगमको तयारी छ । निगमले सन् २०१९ भित्र थप दुई वटा न्यारो बडी जहाज भित्र्याउने र छिमेकी देशका मुख्य शहरमा उडान गर्ने लक्ष्य राखेको छ ।

आन्तरिक बजार विस्तार

निगमले आन्तरिक बजार विस्तारका लागि पनि योजनाबद्ध प्रयास गर्ने भएको छ । निगमले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बजार हिस्सा बढाउने र आगामी दुई वर्षभित्र थप आठ विमान भित्र्याउने लक्ष्य लिएको छ । निगमले हाल मुलुकका २३ गन्तव्यमा जहाज उडाइरहेको छ । निकट भविश्यमा नै रुम्जाटार, साँफेबगर, चौरजहारीमा सेवा दिने लक्ष्य राखेको छ ।

एक सय सोह्र पाइलट आवश्यक

निगमका लागि ११६ पाइलट आवश्यक पर्ने देखिएको छ । महाप्रबन्धक कसांकारकाअनुसार आगामी तीन साताभित्र आइपुग्ने अर्को एक वाइड बडी जहाजलाई समेत गरी त्यति संख्यामा पाइलट आवश्यक पर्नेछ । तर निगमसँग हाल ८८ पाइलट मात्रै उपलब्ध छन् । थप २८ पाइलट आवश्यक पर्ने भएकाले विदेशी पाइलट करारमा लिएर भए पनि सेवा दिने निगमको लक्ष्य छ । आन्तरिक उडानका लागि प्रतिपाइलट मासिक रु १२ लाख र अन्तर्राष्ट्रिय उडानका लागि रु १८ लाख तलब भत्ता उपलब्ध गराउनुपर्ने निगमको भनाइ छ ।

दुई वाइड बडी जहाजका लागि १२ पाइलट र १२ को पाइलट उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ । यस्तै केही महिनाभित्रै छ चालक र छ सहचालक पनि तयार गर्दैछ । चिनियाँ विमान एमएम ६० को लागि चालक उपलब्ध छन् । यस्तै वाइ १२ जहाजका लागि चार चालक उपलब्ध छन् भने ती जहाजको सहचालक निगम भित्रैदेखि व्यवस्थापन गर्ने तयारी छ ।

वार्षिक छ अर्ब आम्दानी

निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान शुरु गरेपछि वार्षिक रु छ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ । आम्दानी बढाएर आर्थिक स्वास्थ्यसमेत मजबूत बनाउने निगमको तयारी रहेको महाप्रबन्धक कसांकारले जानकारी दिनुभयो ।

हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेको निगमले अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट सेवा दिने विमान कम्पनीको रुपमा स्तारोन्नति गर्ने लक्ष्य राखेको छ । व्यवस्थापन सुधारलाई उच्च प्राथमिकता दिने विद्युतीय माध्यमबाट ‘टिकट बुकिङ’ गर्ने प्रणालीको समेत विकास गर्न लागेको छ । रासस

२०७५ असार २६ गते प्रकाशित

वि.सं.२०७५ असार २६ मंगलवार २०:५१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...