back
NMB ad

कृषिको आधुनिकीकरण गर्नु जरुरी : मुख्यमन्त्री राई

Kumari bank ad

दमक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल कृषिका लागि उर्बर र उच्च सम्भावना भएको ठाउँ भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले त्यसलाई थप आधुनीकरण गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

आज झापाको गौरादहमा यसै वर्ष सञ्चालनमा आएको कृषि र पशु विज्ञान अध्ययन संस्थान, गौरादह कृषि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कक्षा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बढ्दो जनसंख्या र शैक्षिक जनशक्तिलाई सन्तुलनमा ल्याउन पनि कृषिको आधुनिकीकरणको खाँचो छ, यसमा प्रदेश सरकार गम्भीर छ ।”

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरादह कृषि क्याम्पस यस क्षेत्रका सबैको अथक प्रयासपछि सञ्चालनमा आएकाले क्याम्पसलाई कृषि अध्ययनको केन्द्रीय क्याम्पस बनाउने लक्ष्य रहेको बताउनुभयो ।

सांसद दीपक कार्कीले सामुदायिक क्याम्पसको रुपमा रहेको गौरादह बहुमुखी क्याम्पस कृषि क्याम्पस आउँदैमा विस्थापित नहुने बताउनुभयो । उहाँले बहुमुखी क्याम्पसका लागि जग्गा व्यवस्थापन भइसकेकाले एक वर्षभित्रमा भवन निर्माण गरी क्याम्पस सञ्चालनमा आउने बताउनुभयो ।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका डीन डा केशवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालनमा आएको गौरादह कृषि क्याम्पसमा यस वर्ष ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाहले कृषि क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट विनियोजन गरेको बताउँदै कृषि विषय अध्ययनमा स्थानीय क्षेत्रका विद्यार्थीहरुलाई केही आरक्षण सिटको व्यवस्था गरिनुपर्ने बताउनुभयो । रासस

२०७५ असार २८ गते प्रकाशित

वि.सं.२०७५ असार २८ बिहीवार ११:२८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...