back
NMB ad

मकवानपुरका कृषकहरुलाई मौरी घार वितरण

Kumari bank ad

मकवानपुर । मह उत्पादनको आधार क्षेत्र मानिने मकवानपुरको पश्चिम क्षेत्र राक्सीरांङ गाउँपालिकाका किसानले मौरी सहितको घार प्राप्त गरेका छन ।लिस्चा हिमालय इ.भी जर्मनीको (Llscha Himalaya e.V Germany) आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपाल मकवानपुरले उक्त मौरी सहितको घार वितरण गरेको हो।उक्त कार्यक्रममा ६ जना कृषकलाई १० घार प्रति कृषक मौरी घार वितरण गरिएको थियो।

स्थानीय किसानहरुको आर्थिक विकासमा सहयोग पुर्याउने उदेस्यले ” शिक्षा तथा स्वास्थ्य परियोजना ” अन्तर्गत सो गाउँपालिकाका किसानहरुलाई उक्त मौरी सहितको घार वितरण गरिएको परियोजनाका व्यवस्थापक अनिल पौडेलले बताए। उनले यसले किसान हरुको जीवन स्तर उकास्ने बताउदै उनीहरुको जीवनको अन्य पाटोमा पनि परिवर्तन ल्याउने विस्वास व्यक्त गरेका छन।

सो मौरी घार वितरण कार्यक्रममा बोल्दै लिस्चा हिमालय इ.भी जर्मनीका नेपाल प्रमुख अन्जन प्रसाद पौडेलले मौरी घार वितरण पश्चात उत्पादन हुने महले उचित बजार भाउ प्राप्त गर्नुपर्ने भन्दै अहिले सम्म त्यसो नभएकोमा दुख व्यक्त गरेका थिए।

कार्यक्रम स्थनीय कृषक मोतीराम प्रजाले उत्पादित महको प्रसोधन ,प्याकिंग र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए।उनले बजारीकरणमा सरकारको सहयोग भए उत्पादित महले उचित मुल्य प्राप्त गर्ने बताउदै यसका लागि पहल गरिदिनका लागि सरकार संग अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै राक्सीरांङ गाउँपालिका वडा नं ६ का अध्यक्ष सिंहलाल प्रजाले आधुनिक मौरी घार वितरण पश्चात परम्परागत रुपमा घरका भित्ता र धुन्ग्रे घारमा मौरी पालन गर्दै आएका कृषकलाई ब्यव्सयिकिकरणमा निकै सहयोग पुगेको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिएका थिए।

चिउरी र रुदिलोको महको लागि प्रख्यात यस क्षेत्रमा करिव २४०० मौरी घारहरु रहेका छन। मौरी घार प्राप्त गरे पछी निकै खुसी देखिएकी स्थानीय कृषक जुनकिरी प्रजाले यो सहयोगले आय आर्जनमा वृद्धि गरि आफ्नो जीवन स्तर उकास्ने आशा व्यक्त गरेकी थिइन्।

फोटो सौजन्य स्लिस्चा हिमालय इ भी

२०७५ असार ३० गते प्रकाशित

वि.सं.२०७५ असार ३० शनिवार १०:३४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...