back
NMB ad

जनप्रतिनिधि आएपछि गाउँको मुहार फेरिन थाल्यो

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् ।
वषांैदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पु¥याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पु¥याउन पाउँदा यहाँका बासिन्दाले सन्तुष्टि व्यक्त गरेका हुन् ।

सडकै समस्याले गाउँमा एम्बुलेन्स नआउँदा यहाँका बासिन्दाले बिरामीलाई गोरु, गाडा र खटियामा बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पु¥याउँदै आएका थिए । सडकको स्तरोन्नति भएपछि गाउँसम्मै एम्बुलेन्स पुग्न थालेको छ । बिरामीको उपचारमा सहजता आउन थालेको छ ।

पहिला बैलकुण्डीमा बस्ती छ, वा छैन, भन्नेसम्म स्थानीय निकायलाई थाहासम्म थिएन, स्थानीयवासी सीताराम चौधरीले भन्नुभयो, “जनप्रतिनिधि आएपछि पिरमर्का सुन्न थालेका छन्, गाउँको विकासका लागि समन्वय गर्न थालेका छन् ।”

आ–आफ्ना पिरमर्का जनप्रतिनिधि समक्ष राख्न थालेपछि सुनवाइ हुनथालेको उहाँले बताउनुभयो । पूरै गाउँमा पूर्व मुक्तकमैया बस्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएसँगै वर्षौदेखि बुझाउँदै आएको मालपोतबापतको रकम मिनाहा भएको छ । रामचरण रानाले भन्नुभयो, “व्यावसायिक खेती गर्नका लागि उन्न बिउबिजन, किटनाशक र मल अनुदानमा पाइएको छ ।”

बस्तीका सबै घरमा विद्युत् थिएन । हाल अधिकांश परिवारका घरमा विद्युत् पुगेको छ । विद्युत् नपुगेका घरमा विद्युत् पु¥याउनका लागि पोल गाड्ने कार्य भइरहेको छ ।

गाउँमा आधारभूत तहको कक्षा तीनसम्म पढाइ हुने एक मात्रै विद्यालय रहेको छ । तीन कक्षापछि पढ्नका लागि टाढाको विद्यालयमा बालबालिकालाई पु¥याउन अभिभावक आफैंले जानुपर्दछ बुद्धिराम चौधरीले भन्नुभयो, “जंगलको बाटो भएकाले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिदैन । नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने व्यवस्था मिलाइ दिन नगर प्रमुख समक्ष कुरा राखेका छौं । सकारात्मक जफाव पाएका छौं ।”

खानेपानीका लागि गाडेका नल्कामा आर्सेनिक आउने हँुदा शुद्ध पानीका लागि कार्य अगाडि बढेको छ । सिँचाइका लागि दातृ निकायको सहयोगमा वर्षौ पहिले गाडेका बारिङमा पानी आउन बन्द भएको छ भागरथी रानाले भन्नुभयो, “नगरपालिकाको वडा कार्यालयले यसका लागि कार्य अगाडि बढाएको छ, सिँचाइ सुविधा चाडै पुग्नेमा आशावादी छौं ।”

यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ । नदीको बाढीको पानी सुर्जा खोलामा चढेर बस्तीमा पुगेर डुबानमा पार्दै आएको छ । नदीले जग्गा कटान गर्दा यहाँका ६ घरपरिवार विस्थापित भइसकेका छन् ।

स्थानीय बासिन्दाले बाढी नियन्त्रण गर्नका लागि नगरपालिकालाई गुहारेका छन् । नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नदी नियन्त्रणका लागि प्रभावकारी योजना सञ्चालन गर्ने बताउनुभएको छ । नदीका कारण स्थानीय बासिन्दालाई विस्थापित हुनबाट जोगाउनका लागि भरपर्दो तटबन्ध र अन्य विपद् प्रतिकार्यका कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

गाउँका केही परिवारले व्यावसायिक तरकारीखेती, केराखेती र उखुखेती गर्दै आए पनि अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । गाउँमा एक सय ६६ परिवारको बसोवास रहेको छ । रासस

२०७५ असार ३१ गते प्रकाशित

वि.सं.२०७५ असार ३१ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...