काठमाडौं । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को अध्यक्षमा दीपक दाहालले उम्मेदवारी घोषणा गरेका छन् । यही साउन १५ गते हुने अधिवेशनमा द्वितिय उपाध्यक्ष दाहालले अध्यक्षमा आफुले उम्मेदवारी दिने बताए ।
एक कार्यकाल सदस्य र हाल द्वितिय उपाध्यक्ष रहेका दाहाल मिडिया संयोजकको जिम्मेवारीमा छन् । धादिङ, गंगाजमुना गाउँपालिका दाहाल लाइभ नेपाल टुर्स एण्ड ट्राभल्सका सञ्चालक हुन् । उनी विगत १५ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न छन् ।
आफुले नेतृत्व लिँदा सात वटै प्रदेशमा शाखा विस्तार गरी ग्रामीण पर्यटनलाई राष्ट्रिय स्तरमा प्रचार र प्रभाव पार्ने बताउँछन् । संगठनलाई आर्थिक रुपमा मजबुत बनाउँदै दुर दराजमा रहेका गाउँ, संस्कृति र सम्पदालाई पर्यटनको मुल प्रवाहमा ल्याउन सरकार तथा नीजि क्षेत्रसंग समन्वय गरेर अगाडी बढ्ने दाहालको योजना छ ।
२०७५ साउन २ गते प्रकाशित
वि.सं.२०७५ साउन २ बुधवार ०९:१७ मा प्रकाशित