back
NMB ad

शेयर बजारमा सामान्य सुधार

Kumari bank ad

काठमाडौँ । अनलाइन कारोवार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोवार मापक परिसूचक नेप्से ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोवार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ ।

आज कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो ।

स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास बैंक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ ।

भार्गवले बोनस शेयर दिने

भार्गव विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५.५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ ।

नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । रासस

२०७५ साउन ८ गते प्रकाशित

वि.सं.२०७५ साउन ८ मंगलवार १७:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...