back
NMB ad

शेयरमा सहज : माथिल्लो तामाकोशीको शेयर काठमाडौँबाटै भर्न पाइने

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ ।

गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ ।

नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइनेछ ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ । स्थानीयवासीले साधारण शेयर आवेदन दर्ता जिल्ला जानै पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

दोलखावासीले लामो समयदेखि राख्दै आएको मागको समाधान भएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता आनन्द पोखरेलले जानकारी दिनुभयो । भूकम्प, बसाइँ सराइ गरेर आएकालाई समेत सहजरुपमा नै शेयर आवेदन गर्न दिइने विषयमा सहमति भएको र त्यसले लामो समयदेखि उठ्दै आएको मागको सम्बोधन भएको उहाँको भनाइ छ ।

आयोजनाले स्थानीय तह बन्नुभन्दा पहिल्यै गरिएको निर्णयका आधारमा शेयरमा आवेदन गर्दा अति प्रभावित, कम प्रभावित र प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको थियो । स्थानीयवासीले तह निर्धारण वैज्ञानिक नभएको भनी गुनासो गर्दै आएका थिए । सरोकार भएका निकायबीचको छलफलका आधारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अन्य आयोजनामा शेयरको विषयमा थप लचिलो बन्ने र कम शेयर पाउने नागरिकलाई सम्बोधन गरिने भएको छ ।

सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई शेयर आवेदन गर्न दिइनेछ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभए पनि केही फरक नपर्ने देखिएको छ । शेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँ गाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घर घरमा नै गएर शेयर संकलन गर्ने, शेयर फाराम भराउने काम गर्नेछन् ।

हितग्राही खाता भएकाले त्यस्तो खाता संलग्न गराउने छन् भने नभएकाले पनि तत्काल भने शेयरमा आवेदन दिन पाउने गरी व्यवस्था गरिएको बोर्डका प्रवक्ता गिरीको भनाइ छ । दोलखामा रहेको बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।

बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सहमति भएको विषयलाई बोर्ड सञ्चालक समितिको बैठकबाट निर्णय गरिने र सार्वजनिकरुपमा जानकारी गराउने वचन दिनुभएको छ ।

तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ ।

आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको ठाडो सुरुङमा पाइप जडान प्रभावकारी रुपमा हुन नसक्दा आयोजना केही ढिलाइ हुन्छ कि भन्ने आशंका बढेको छ ।

भौतिक निर्माण र इलेक्ट्रोमेकानिकलतर्फको काममा उल्लेख्य प्रगति भए पनि ठाडो सुरुङमा पाइप जडानको काममा केही ढिलाइ भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । कूल ४७ किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २४ किमी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै १०८ वटा टावर ठडिइसकेको छ भने १२३ वटा टावरको फाउण्डेशन तयार भएको छ । रासस

२०७५ साउन ११ गते प्रकाशित

वि.सं.२०७५ साउन ११ शुक्रवार १८:५६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...