back
NMB ad

बाख्रापालनबाटै लिइदै एक करोड आम्दानी

Kumari bank ad

बागलुङ , । काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् ।

यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० खसीबोका बिक्री गरी रु १४ लाख ९० हजार आम्दानी गरेको छ । किसानले दुईवटै सहकारीमार्फत खसीबोका बिक्री गरेका हुन् । गाउँका अधिकांश किसान सहकारीमा आबद्ध रहेका सप्तरंगी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो । पछिल्लो तीन वर्षयता वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

दुवै सहकारीमा आवद्ध अधिकांश किसान बाख्रापालनमा संलग्न छन् । “धेरैले ४० देखि ५० वटासम्म पाल्नुभएको छ,” अध्यक्ष श्रीसले भन्नुभयो, “दुई÷चार बाख्रा त सबैले पालेका छन् ।” ‘हेफर इन्टरनेशनल’मार्फत तंग्राममा साना किसान सबलीकरण परियोजनाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरेको हो । परियोजनाले किसानलाई उद्यममा लगाउन ‘बाख्रा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले किसानलाई सीप र प्रविधिमा बाख्रा बिक्री वितरणमा सघाउँदै आएको छ । बाख्रा बिक्रीको जिम्मा सहकारीले लिएपछि किसान ढुक्क छन् । “हामीले पालेका खसीबोका सहकारीले खरीद गर्छ, उसैले बेच्छ,” स्थानीयवासी सुरेश घर्तीले भन्नुभयो । दक्षिण कोरियाबाट फर्केपछि व्यावसायिक बाख्रपालन शुरु गर्नुभएका घर्तीले हाल ४० बाख्रा पाल्नुभएको छ ।

मनग्य आम्दानी हुने भएपछि घर्ती जस्तै अन्य किसानले बाख्रापालनलाई विस्तार गर्दै लगेका छन् । तंग्राम, फापरखेतका मेखबहादुर पुन वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक बाख्रपालनमा लाग्नुभएको छ । विदेशमा गर्ने जति मिहेनतले यही पर्याप्त आम्दानी गर्न सकिने पुनको विश्वास छ ।

मगर जातिको बसोबास रहेको तंग्राममा केही वर्षअघिसम्म बाख्रा पाल्ने चलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लब ९बिवाइसी० बागलुङले ‘बाख्रा उपहार’ कार्यक्रम चलाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । साप्ताहिक रुपमा बाख्रा खरीद गरेर बिक्री गर्ने गरेको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले बताउनुभयो । उद्यममार्फत गाउँलेलाई आत्मनिर्भर बनाउन सहकारीले सहयोग गर्दै आएको छ ।
        २०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १४ सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...