back
NMB ad

भिटोफको निर्वाचन आज : बासु पाण्डे र ध्रुव सिंखडाको प्यानल मैदानमा

Kumari bank ad

काठमाडौं । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को २२ औं साधारणसभा तथा अधिवेशन मंगलबार ठमेलस्थित गोकर्ण हाउस रेष्टुरेण्टमा सम्पन्न हुँदैछ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने साधारण सभा पश्चात नयाँ नेतृत्व चयनमा निम्ति निर्वाचन हुने बताइएको छ ।

गाउँमा पर्यटन लैजाने उद्देश्यकासाथ स्थापना भएको संस्था स्थापनाको २२ औं वर्षमा पहिलोपट प्यानल सहित चुनावी मोर्चामा होमिएको भिटोफका जानकारहरु बताउँछन् । यस पटक एकीकरणको संघारमा रहेका नेपाल कम्युनिष्ट पार्टी निकट संगठनहरु नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेपाल पर्यटन व्यवसायी संगठनले बासुदेव पाण्डेलाई अध्यक्षमा प्रस्तुत गरेका छन् भने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट विद्रोह गरी नयाँ स्थापना भएको पर्यटन व्यवसायी संगठन नेपाल र नेपाली काँग्रेस निकट निट नेपालले ध्रुव सिंखडालाई अध्यक्षमा प्रस्तुत गरेको छ ।

निर्वाचनको अन्तिम तयारीमा जुटेका दुवै तर्फका उम्मेदवार आफुले जित्नेमा विश्वस्त छन् । एकताको पुर्वसन्ध्यामा रहेका नेकपा निकटका व्यवसायीहरु पाण्डेले जित्नेमा ढुक्क देखिएका छन् । बासु प्यानलले मत सर्वेक्षण गर्दै दुई तिहाइले जित्ने आँकडा प्रस्तुत गरेको छ । ५७५ जना व्यवसायी सदस्य रहेको भिटोफमा तत्कालीन एमालेका १६०, तत्कालीन माओवादीका २००, कांग्रेसका ११५, नयाँ शक्तिका ४० र स्वतन्त्र ६० व्यवसायी सदस्य रहेका छन । जसमध्ये तत्कालीन एमाले र माओवादी एकै ठाउँमा उभिँदा ३६० मत एकै ठाउँमा पुग्ने र स्वतन्त्र मध्ये पनि ४० जना व्यवसायीले पाण्डे समूहलाई साथ दिने भएकाले वासु पाण्डे फराकिलो मतान्तरले अध्यक्षमा विजयी हुने दावी गरिएको छ ।

सिंखडा प्यानलले पनि अघिल्लो पटक सहमती गर्दा सिंखडालाई सर्वसम्मत बनाउने भनिएकोले व्यवसायीले न्याय गर्ने बताएको छ । सिंखडा र पाण्डे यस अघि एउटै कमिटीमा प्रथम उपाध्यक्ष र सचिव थिए । पाण्डे हाल भिटोफको महासचिव छन् भने सिंखडा पुर्व उपाध्यक्ष हुन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट विद्रोह गरी नयाँ संगठन निर्माण गर्न प्रमुख भुमिका खेलेका सिंखडा यस पटक सर्वसम्मत अध्यक्ष बन्नबाट रोकिनुको मख्य कारण नै संगठनमा फुट र विद्रोह भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

यस्तो छ दुवै प्यानलका अन्य पदाधिकारीको सूचि

पाण्डे समूहलाई मतदान गर्न नेकपा निकट दुई संगठनले विज्ञप्ति समेत जारी गरेका छन् ।

सर्वाधिक चर्चामा दिपक दाहाल

अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलाएर प्रथम उपाध्यक्षको उम्मेदवार बनेका भिटोफका उपाध्यक्ष दिपक दाहाल सर्वाधिक भोट ल्याएर चुनाव जित्ने चर्चा ठमेलको चोक चोकमा चल्न थालेको छ । भिटोफको मिडिया संयोजक समेत रहेका दाहालले मिलनसार, सक्षम र व्यवसायीक उम्मेदवारको परिचय पर्यटन व्यवसायीबीच बनाएका छन् । उनी एक कार्यकाल सदस्य र एक बर्तमान द्वितिय उपाध्यक्ष समेत हुन् । भावि नेतृत्वको रुपमा यस पटक प्रतिक्षा सूचिमा रहेका उनी यो निर्वाचनकै सर्वाधिक चर्चामा छन् ।

२०७५ साउन १४ गते प्रकाशित

वि.सं.२०७५ साउन १५ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...