back
NMB ad

कानुनको धज्जी उडाउँदै बिनोद चौधरी, बियर उद्योगसंगै विद्यालय !

Kumari bank ad

भबिश्वर पाण्डे

कावासोती । उद्योगपति बिनोद चौधरीले कानुनको धज्जी उडाउँदै नवलपरासीको देबचुलिमा गुरुकुल स्कुल सञ्चालन गरेको खुलेको छ । चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भन्दा माथिल्लो कक्षा पनि सञ्चालन गरेको खुलेको हो ।

नेपाली काँग्रेसबाट समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य समेत भएका उद्योगपति बिनोद चौधरीले यसरी कानुनको धज्जी उडाउँदै पंहुचको आधारमा स्कुल खोलेको स्थानियले आरोप लगाएका छन् । बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा समेत लिने गरीएको भएपनि नेपालका एक मात्र अरबपती बिनोद चौधरीले उत्पादन गर्ने बियर कम्पनीसगै यसरी बिद्यालय खोल्नु कानुन बिपरीत रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताएका छन् । उनले भने बियर उद्योगले बिद्यार्थिहरुमा असर पार्न हुदैन् त्यस्तो भए त्यो कानुन बिपरीत छ । त्यस्तै उक्त्त गुरुकुलले कक्षा ६ र ७ को मात्र अनुमती लिई कक्षा ८ पनि सञ्चालन गरेको खुलेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख पोख्रेलका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमती लिएकोले अन्य कक्षा सञ्चालन गर्ने नपाउने बताएका छन् । यता उक्त्त वैदिक कर्मकाण्ड गुरुकुलले भने कक्षा ६ देखि ८ कक्षा सम्म बिद्यार्थिहरुलाई अध्यापन गराउने गरेको सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले बताएका छन् । उनका अनुसार आफुहरुले कक्षा ८ सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् । तर जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्ण पोख्रेलका अनुसार मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने बताएका छन् । उनले जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले दिएको अनुमती बेगर कुनै अन्य कक्षा सञ्चालन गर्न नपाउने बताएका छन् ।

देबचुलि नगरपालिका नगर शिक्षा अधिकृत मोती प्रसाद रिजालको अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले पहिले कक्षा ६ र ७ कक्षा जिल्ला शिक्षाबाट अनुमती पाएको र अहिले कक्षा ८ सञ्चालनको लागी नगरशिक्षा कार्यालय देबचुलिमा निबेदन दिएको बताएका छन् । पहिले कसले अनुमती दिएको हो त्यो हामीलाई थाहा भएन तर अब अनुमती दिदा त्यस क्षेत्रको भौतीक , सामाजिक र अन्य शिक्षाको बिधि पुगे मात्र अनुमती दिने बताएका छन् । अहिले उक्त्त गुरुकुलमा ब्यवाहारीकरुपमा हेर्दा जुन ठाँउमा पढाई भएको छ उक्त्त स्थान पठनपाठनको लागी उपयुक्त्त नभएको नगरशिक्षा प्रमुख मोती प्रसाद रिजालले बताए । यता सिजी शाश्वत धामका सिओ नारायण श्रेष्ठका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कुनै पनि कानुन बिपरीतको कार्य नगरेको बताएका छन् । उनले कुनै आर्थिक लाभको लागी गुरुकुल नखोलिएको भन्दै यस्तो कानुन बिपरीत कार्य नगरेको जनाएका छन् । सिजी शाश्वत धाम र वैदिक कर्मकाण्ड गुरुकुल स्कुल नाफा रहित संस्था भएको कारण यो कानुन पुग्यो ,त्यो कानुन पुगेन भन्नु अर्थ नहुने सिओ श्रेष्ठले बताए । अझ देबचुलि नगरपालिकालाई आउदो भदौ २९ गते बाल मौत्रि नगरपालिका घोषण गर्ने तयारी छ । स्थानिय बासिन्दा बसन्त पोख्रेलले सिजी शाश्वत धाम मार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलमा हुने पढाई बाल मौत्री नभएको कारणले पनि देबचुलि नगरपालिकालाई बाल मौत्रि नगर घोषण गर्ने समस्या हुने बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आज मात्रै जिल्ला शिक्षा ईकाइ कार्यालय स्थापना भएको र यस बिषयमा पहिले पनि कुरा आएकोले तत्कालै अनुगमन हुने बताएका छन् । उनले सबै ब्यक्त्ति, संस्था कानुनको दायरामा रहनुपर्ने हुन्छ । उक्त्त गुरुकुलको तत्कालनै शिक्षा ईकाइ मार्फत अनुगमन गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताएका छन् ।

२०७५ साउन २२ गते प्रकाशित

वि.सं.२०७५ साउन २२ मंगलवार १०:०४ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...