Logo

मेगा बैंकले माग्यो ठुलोे संख्यामा कर्मचारी , ९८ कर्मचारीमा , ७४ फ्रेसलाई अवसर

काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी व्यवसाय तथा शाखा बिस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको मेगा बैंक लिमीटेडले एकैसाथ निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।

मेगा बैंक लिमीटेडले बुधबार सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मको पदमा ९८ कर्मचारी मागेको हो ।

सबैभन्दा बढी असिस्टेन्ट लेभलमा ७४ कर्मचारी मागिएको छ । अफिसर लेभलमा २३ जना र म्यानेजर लेभलमा १ कर्मचारी मागिएको हो ।  म्यानेजर र अफिसर लेभलमा काम गर्न अनुभव चाहिनेछ भने असिस्टेन्ट पदमा भने फ्रेस जनशक्तिले आवेदन दिन सक्नेछन् । ।
                                                                                                                   २०७५ साउन २३ गते प्रकाशित।

 

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com