back
NMB ad

मुख्य पर्यटकीयस्थल ठमेलमा प्रदूषण नियन्त्रण गर्न( साइकल लेन) निर्माण हुने

Kumari bank ad

काठमाडौँ, । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो ( साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भन्नुभयो ।

चालु आवमा मात्रै काठमाण्डौं महानगरपालिकाले साइकल लेन निर्माणका लागि रु एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा निर्माण उक्त कार्य बजेटले भ्याएसम्म अन्य स्थानमा पनि निर्माण गर्ने योजना कामपाको रहेको छ ।

अघिल्लो वर्ष नैकाठमाडौँ महानगरपालिकाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी ठमेलका खाल्डाखुल्डीको समस्या पनि त्यत्तिकै नै छ । खाल्डाखुल्डीको कारणले गर्दा वर्षाको समयमा हिलो र हिउँदको समयमा धूलोको सामना गर्न ठमेलमा आवतजावत गर्ने यात्रुको बाध्यता हो ।

२०७५ साउन २३ गते प्रकाशित हुने

वि.सं.२०७५ साउन २३ बुधवार १३:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...