Logo

आइएमई इन्स्योरेन्सको सिइओमा युगेशभक्त नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो ।

श्रेष्ठ २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनी सचिव शरण रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यकारी अधिकृतको सपथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै गर्नुभयो ।

२०७५ साउन २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com