Logo

छोरी को हत्या , हत्याको अभियोगमा बाबु आमा सहित चार जना पक्राउ

बारा । कलैया उपमहानगरपालिका ५ मा छोरीको हत्या गरेको अभियोगमा प्रहरीले बाबुआमा सहित चार जनालाई पक्राउ गरेको छ । गत असार १२ गते उपचारका लागी अस्पताल लैजादाँ १७ वर्षिया प्रियंकाकुमारी मिश्रको मृत्यु भएको भनिएता पनि स्थानीयवासीले उनको हत्या गरिएको दावि गरेका थिए ।

त्यसपछि उक्त घटनाको प्रहरीले अनुशन्धान गरी साउन २१ गते उनका बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी त्यस्तै काका हिरिकिशोर र रामनाथ मिश्रलाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजनामाथी शंकालागेपछि अनुशन्धान गरिएको छ । र, उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ । भने अदालतबाट म्याद थप गरि घटनाको अनुशन्धान भइरहेको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौंरले जानकारी दिएका छन ।

                                                                                                                २०७५ साउन २४ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com