Logo

निजी क्षेत्र अझ सशक्त बन्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गर्नुभयो ।

२०७५ साउन २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com