back
NMB ad

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल

Kumari bank ad

काठमाडौँ । गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गरिने बताउनुभएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण तथा अवलोकन गर्ने क्रममा उहाँले प्रहरी अस्पतालले अन्य अस्पतालसरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गर्दै आएकाले यसलाई मेडिकल कलेज बनाउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

सचिव राईले सबै सेवाग्राहीलाई समान रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधा वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो ।

अस्पतालमा कार्यरत जनशक्तिलाई अझै दक्ष बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वयन गर्ने पनि उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सेवा सुविधा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उत्कृष्ट सेवा प्रदान गरेमात्र प्रहरी अस्पताल सबैको नजरमा राम्रो अस्पताल साबित हुने धारणा व्यक्त गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार र औषधि वितरणमा सकारात्मक परिवर्तन गरिरहेको जानकारी दिनुभयो । रासस

२०७५ साउन ३० गते प्रकाशित

वि.सं.२०७५ साउन ३० बुधवार ०९:४४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...