back
NMB ad

कानुनको परिपालनाका लागि व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताउनुभएको छ ।

कानुन मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेला देखि मुलुकी ऐनलाई संसोधन गर्ने काम सुरु भएको बताउनुभयो । “अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो

“यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो ।”
प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताउनुभयो ।

“संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खाजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले संहितामा कमिकमजोरी केही भएमा संसोधन गर्न सकिने बताउनुभएको छ । “यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि सरकारका सबै निकाय क्रियाशिल छन् । ” यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गर्नुभएको छ ।

२०७५ भदौ १ गते प्रकाशित

वि.सं.२०७५ भदौ १ शुक्रवार १७:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...