back
NMB ad

सुर्तीजन्य पदार्थविरुद्ध ऐन कार्यान्वयनको लागि मन्त्रालयहरुबीच समन्वयन हुनुपर्छ : डिआईजी श्रेष्ठ

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन गर्न विभिन्न मन्त्रालयहरुबीच समन्वयन हुनुपर्ने बताएका छन् ।

काठमाडौंस्थित् नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा मंगलबार संचालित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डिआईजी श्रेष्ठले नेपाल प्रहरी सुर्तीजन्य पदार्थ रोकथामको लागि पूर्ण प्रतिबद्ध रहेको पनि विश्वास दिलाए ।

उनले नेपाल प्रहरी केन्द्र, संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रतिबद्ध भएको कुरा स्पष्ट पारे ।
किशोरकिशोरीहरुले सुरुमा सुर्तीजन्य पदार्थको सेवन गरेतापनि कालान्तरमा लागुपदार्थको सेवन गर्ने कुरा अनुशन्धानले देखाएको श्रेष्ठले सुनाए । उनले भने,‘यसले गर्दा समाजमा शान्ति तथा सुरक्षा स्थापना गर्नको लागि चुनौती खडा भएको छ ।’त्यस्तै कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ, वातावरणीय प्रभाव र अस्वस्थकर खानपिन नै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताए ।

डाक्टर पौडेलले नेपाल प्रहरीले मादक पदार्थ नियन्त्रणमा ठुलो सफलता हासिल गरेकोमा धन्यबाद दिँदै सुर्तीजन्य पदार्थ रोकथामको लागिपनि नेपाल प्रहरीको ठुलो भुमिका हुने धारणा राखे । फ्रान्सको पछिल्लो एक वर्षमा १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेर विश्वलाई पाठ सिकाएको स्मरण गराउँदै डाक्टर पौडेलले नेपालले पनि यस्ता कुराको अनुशरण गर्नुपर्ने कुरा बताए । स्वास्थ्य मन्त्रालयका कानून उप–सचिव पुष्कर नेपालले नेपालमा स्थिर सरकार बनेपछि सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

उनले अनुसार स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विभिन्न निकायहरुसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी योजना संचालन गरिने पनि विश्वास दिलाए । नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ को बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखे ।

उनले जनचेतनाको कारणले गर्दा विकसित देशमा मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहेको र रोग लाग्नुभन्दा पहिलेनै सतर्कता अपनाएकोले रोगको उपचार खर्च कम हुने र उपचारको प्रभावकारी हुने स्पष्ट पारे । क्यान्सरजस्तो रोग रोकथामको लागि सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रम अतिनै आवश्यक भएको पनि उनले बताए । साथै, नागरिक समाजलेपनि सरकारका विभिन्न निकायसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्नुपर्नेबारे उनको जोड थियो ।

२०७५ भदौ ५ गते प्रकाशित

वि.सं.२०७५ भदौ ५ मंगलवार १९:०९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...