back
NMB ad

कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले थाल्यो पहल, सेयर बजार बढ्ने संकेत

Kumari bank ad

काठमाडौं । कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दवाव दिन थालेपछि निरन्तर ओरालो लाग्दैै आएको सेयर बजार उकालो लाग्ने संकेत देखिएको छ । सेयर धितोमा राखेर लगानीकर्ताले लिदै आएको कर्जाको ब्याजदर चुलिएपछि सेयर बजार मापक नेप्से घट्दै आएको थियो तर २८ वाणिज्य बैंकले भने लगानीयोग्य पुँजीको अभाव हटेपनि ब्याजदर भने तरलता नभएको अवस्थामा जस्तै उच्च ब्याज लिएपछि राष्ट्र बैंक उनीहरु प्रति आक्रोसित बनेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन दवाव दिने त्यति गर्दा पनि अटेर गर्नेलाई भने कारवाही सम्म गर्ने मनस्थितिमा पुगेको बताइन्छ । ब्याजदर नघटाउने वाणिज्य बैंकलाई के कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैंकले अहिले नै केही निर्णय गरिनसकेपनि छलफलको चरणमा रहेको जानकारी दिए ।

यसअघि तीन महिना भन्दा कम समयमा कर्जा र निक्षेपको ब्याजदर घटाउन तथा बढाउन नपाइने भन्ने व्यवस्थालाई परिमार्जन गरी बैंकले चाहेमा जतिवेला पनि कर्जाको ब्याजदर घटाउन पाइने भन्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

कर्जाको ब्याजदर घटने सुइको सेयर लगानीकर्ताको कानसम्म पुगेपछि सेयर बजारमा आइतबार उकालो लागेको थियो । सेयर धितोमा राखेर सस्तो ब्याजदरमा कर्जा लिदा सेयरबाट फाइदा हुने लगानीकर्ता बताउँछन् ।

बिहीबार नेप्से सूचक बिहीबार ९.३९ अंकले बढेर ११८१.६९ विन्दुमा पुगेको छ । यसले पनि बजार सकारात्मक दिशातिर जाने संकेत गरेको छ । यसैगरी, लगानीकर्ताले अर्थमन्त्री युवराज खतिवडालाई भेट गरी सेयर सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका छन् । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले सुधारको प्रक्रिया सुरु भएको र त्यसको सकारात्मक नतिजा आउन केही महिना लाग्ने भन्दै त्यतिबेलासम्म धैर्य गर्न आग्रह गरेका थिए ।

यतिबेला लगाएको धान वाली तथा विरुवाले फल दिएजस्तै सेयर बजारबाट पनि फल टिप्ने समय हो । अहिले बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष भरी कमाएको नाफा लाभांशको रुपमा वितरण गर्ने सिजन हो । त्यसैले पनि सेयर बजार केही सुधार देखिएको हो । त्यसका साथै कर्जाको ब्याजदर घट्ने हो भने झनै सेयरमा सकारात्मक सुधार आउने छ ।

लगानीकर्ता पनि सेयर बजार सुधार हुनेमा आशावादी छन् । कुनै बेला सेयर बजार मापक नेप्से १८८१ पुगेको थियो तर, त्यो लगातार घट्दै १२ सय अंक भन्दा तल आइपुगेपछि लगानीकर्तामा निरासा छाएको छ । अब आशाका किरण देखिएको एक लगानीकर्ताले बताए ।

२०७५ भदौ १४ गते प्रकाशित

वि.सं.२०७५ भदौ १५ शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...