back
NMB ad

धान र मकैमा देखा पर्न थाल्यो बिभिन्न रोगहरु

Kumari bank ad

तुलसीपुर , धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् ।

धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भन्नुभयो । धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् । “दिनहँु किसान धानको बोट बोकेर आउन थालेका छन्,” तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले भन्नुभयो ।

जिल्लाका बाघमारे, शान्तिनगर, पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा गबारो रोग देखिएको छ । ‘‘डाँठ कुहिने रोगले मकैसमेत सखाप भयो,’’ तुलसीपुर–२ का प्रकाश खड्काले भन्नुुभयो । उहाँको सात कट्ठा जग्गामा लगाएको मकै सो रोगले नष्ट भएको छ ।

अधिकांश किसानको खेतमा धान बालीमा गबारो र ब्लास्ट रोग देखापरेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले बताउनुभयो । “कतैकतै खैरो रोगसमेत लागेको गुनासो आएको छ,” उहाँले भन्नुभयो । रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको उहाँले बताउनुभयो । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ ।

धान बालीमा लागेको रोग समयमै उपचार गरे हटेपनि मकै बाली जोगाउन मुश्किल भएको छ । माटोमा अम्लियपना बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा साइपरमेथ्रिन साँझ वा बिहान प्रयोग गर्न प्राविधिकले किसानलाई सल्लाह दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।

 

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १४:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...