Logo

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले आफ्नो पहिलो कोशेली ‘नजरको तिर’ बोलको गीतलाई बजारमा ल्याएका छन् ।

गीतमा सागर कै आवाज एवं अभिनय रहेको छ । उनको अलवा रेनु निरौलाको आवाज रहेको छ । भिम बिष्ट शिरिषको शब्द रहेको छ ।
यस्तै म्युजिक भिडियोमा नविना ढकालको समेत अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रबिन सिंहले कोरियोग्राफी गरेका छन् ।
गायक लोप्चन बरिष्ठ गायक प्रेम लोप्चनका माइला छोरा हुन् ।

पछिल्लो समयका युवा पुस्ताहरुमा सागरको आवाज एवं कोरियोग्राफीको माग र चर्चा बढ्दो रुपमा रहेको छ ।

२०७५ भदौ १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com