back
NMB ad

विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि उद्योगमा आकर्षण बढ्दो

Kumari bank ad

दाङ,। जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ ।विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।

जिल्लामा आर्थिक वर्ष २०७४\७५ मा वाणिज्यतर्फ ९१४ र उद्योगतर्फ एक हजार दुई साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर ओलीले जानकारी दिनुभयो । जिल्लामा व्यक्तिगत सात हजार ६६३ र साक्षेदारी ६३ उद्योग दर्ता छन् । एक हजार दुई नयाँ दर्तासहित हालसम्म पाँच हजार ८१० उद्योग दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तुलसीपुर, घोराही, लमही, भालुवाङलगायत बजारमा होटेल तथा रेस्टुरेण्ट खुल्ने क्रम बढेको छ । तुलसीपुरमा दुई दशकदेखि ‘एकान्त होटेल एण्ड लज’ सञ्चालन गर्दै आउनुभएका टेकराम खड्का लगानीअनुसार मुनाफा आर्जन भइरहेको बताउनुहुन्छ । किराना पसल तथा परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने उहाँको भनाइ छ ।

परम्परागत कृषि पेशााबाट जीवनयापन गर्न मुश्किल भएपछि कस्मेटिक व्यापार गर्न थालेको तुलसीपुरका दोर्ण खड्का बताउनुहुन्छ । कृषि पेशाभन्दा व्यापार गरेर बढी आम्दानी लिन सकिने उहाँको भनाइ छ । तुलसीपुर बजारमा फेन्सी पसल सञ्चालन गरिरहनुभएकी शारदा ओली परिश्रम गरेअनुसार आम्दानी नहुने भएकाले कृषि पेशा छोडी फेन्सी पसल चलाउनु परेको बताउनुहुन्छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत राजनीतिक स्थिरतासँगै आफ्नो लगानी सुरक्षित हुने देखेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले आर्थिक समृद्धिलाई जोड दिएको छ, नागरिकमा अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।” घरेलु तथा साना उद्योग कार्यालयले आव २०७४\७५ मा रु एक करोड ९३ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ ।

२०७५ भदौ १८ गते प्रकाशित ।

वि.सं.२०७५ भदौ १८ सोमवार १४:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...