काठमाडौं । गोरखाको सानागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको छ ।
त्रिभुवन विमानस्थलका स्रोतका अनुसार हेलिकप्टर बिहानै ८ः१८ मा अवतरण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म हेलिकप्टर सम्पर्कमा आएको छैन ।
कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै थिए, बिहान ७ः४५ देखि नै उक्त हेलिकप्टर सम्पर्कमा नआएपछी हेलिकप्टर खोज्न अरू हेलिकप्टरसमेत पठाइसकिएको छ ।
सो हेलिकप्टर काठमाडौंबाट गाेरखाका लागि पर्यटक बोकेर बिहान ६ः५७ मा उडेको थियो।
२०७५ भदौ २३ गते प्रकाशित
वि.सं.२०७५ भदौ २३ शनिवार १०:४३ मा प्रकाशित