Logo

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा भेटियो, थप विवरण आउन बाँकी …

काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।

धादिङको खानियाबास गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण आउन बाँकी छ । ‘हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।

प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com