back
NMB ad

मन्त्री मण्डल अहिले परिवर्तन हुँदैन : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले राम्रो काम गरिरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिती महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“सरकार सबै मन्त्रीहरुले राम्रो काम गरिरहेका छन् । मन्त्री मण्डल आजै परिवर्तन हुदैछ, भोली नै परिवर्तन हुदैछ भन्ने हल्लाहरु हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रीमण्डल अहिले परिवर्तन हुदैन ।”

प्रधानमन्त्री ओलीले नेपालले अब चीनसँग आवश्यक हुने नाका प्रयोग गर्न सक्ने बताउनुभएको छ ।

“नेपाल चीन प्रोटोकल सहमतिमा टुंगिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब नेपालले चाहिने जति नाका,चाहिने जति सडक प्रयोग गर्न पाउने भयो । यो असाधारण खुशीको कुरा हो ।”

प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको लडाईं सकिएकोले अब विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार नयाँ संकल्पका साथ अघि बढेको पनि स्पष्ट पार्नुभएको छ । “मुलुकलाई विखण्डन तर्फ लैजाने प्रयास भएका छन् । मुलुकमा वितण्डा मच्चाउन खोजिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले विविधताका बीचमा उत्तिकै समानता खोज्नु पर्दछ । गलत तत्वहरुको चलखेललाई रोक्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समितीलाई प्रभावकारी ढंगले सञ्चालन गरिने बताउनुभएको छ । “मुलभुत रुपमा यसको काम जिल्ला भित्रका स्थानीय तहको समन्वय गर्ने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो काम प्रभावकारी ढंगले गर्नुहोस । जिससको अधिकार तपाईंहरुको भूमिका,कार्यक्षमता,सक्रियताले स्थापित गर्ने हो ।” संघीय सरकारले जिससलाई गर्ने सहयोगकामा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

२०७५ भदौ २३ गते प्रकाशित

वि.सं.२०७५ भदौ २३ शनिवार १२:४१ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...