back
NMB ad

भोलीदेखि भृकुटीमण्डपमा सवारी साधानको कुम्भ भेला सुरु हुँदै, ६० हजार दर्शकले अवलोकन गर्ने

Kumari bank ad

काठमाडौं । मंगलबार अर्थात भोलीदेखि ६ दिनसम्म चल्ने सवारी साधनको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शो काठमाडौंको भृकुटीमण्डमा सुरु हुँदैछ । ६० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको उक्त कुम्भ मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाइ छ । मेलालाई लक्षित गरेर व्यवसायीले नयाँ गाडी भित्राएका छन् । उक्त गाडी खरिदका लागि बैंकहरुले सहुलियत ब्याजदरमा अटो लोन दिने भएका छन् ।

बैंकहरुले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन बिभिन्न योजना सार्वजनिक गरेका छन् । नाडा अटो शोमा गाडी खरिद गर्नेलाई ८ देखि १० प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न ऋण उपलब्ध गराउने घोषणा गरेका छन् । अहिले अधिकांश बैंकले १३ प्रतिशत ब्याजदरमा अटो लोन दिँदै आएका छन् । बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । बैंकहरुले अघिल्लो नाटा अटो शोमा ८ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएका थिए तर अहिले बैंकमा लगानीयोग्य पुँजीको अभाव भएकाले उक्त ब्याजदरमा दिन नसकिने बैंकर बताउँछन् ।

यस बर्षको नाडा अटो शोमा सरदर ९ प्रतिशत ब्याजदरमा बैंकले ऋण उपलब्ध गराउने भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भनाइ छ । उक्त मेलामा १९ ब्रान्डका चारपांग्रे, २० बान्डका दुईपांग्रे सवारी साधान राखिने भएको छ । नाडा अटो शोले दसै नेपालीको घर आगनमा आइपुगेको संन्देश दिने छ । उक्त शो मा नयाँ मोडलका कार, मोटर साइकल, बिभिन्न पाटपुर्जा प्रर्दशनीमा राखिएको आयोजकको भनाइ छ । अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी साधन बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ । बैंकहरुले सहुलित ब्याजमा ऋण दिन थालेपछि सामान्य मानिसले पनि गाडी चढन पाएका छन् ।

पहिला पहिला धनाढय वर्गले मात्र कार चढथे तर अहिले सामान्य नागरिकले पनि किस्ता बन्दीमा तिर्ने गरी बैंकबाट ऋण लिएर कार चढन थालेका छन् । बैंकहरुले मुल्यको ६५ प्रतिशत सम्म अटो लोन दिने गरेका छन् । यसले पनि सवारी साधान चढन सहज भएको हो । पहिला राणाहरूले आफ्नो सौखिनताका लागि गाडी बोकाएर ल्याउने र उपत्याका भित्र्याउने अनि सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दथे । त्यसपछि बाटोको सञ्जाल विस्तारसँगै सवारी ल्याउन सहज हुन थाल्यो र आयात पनि त्यही अनुपातमा बढ्न पुग्यो । सवारीको आयात बढेसँगै सवारी उत्पादक कम्पनीहरूले नेपालमा आधिकारिक बिक्रेता तोकेर नै सवारी बिक्री थाले ।

यसरी सवारी बिक्री हुने क्रम बढेसँगै सवारी बिक्रेताहरूको संस्था स्थापना गरियो । २०३२ साल अटोमोबाइल एसोसिएस अफ नेपाल स्थापना भयो । २०६१÷६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) राखियो । नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो । त्यो वर्ष २६ प्रदर्शकहरू सहभागी थिए । त्यस पछिका केही वर्ष दुई वर्षमा एक पटक अटो शो हुँदै आएको थियो । तर, त्यसपछि प्रत्येक वर्ष नाडा अटो शो गर्न थालियो । हिन्दुहरुको महान चार्ड दसैलाई लक्षित गरेर यस्तो शो प्रत्येक वर्ष आयोजना गरिदै आएको छ । यस वर्षको नाडा अटो सो दसै आउनु भन्दा करिव एक महिना अघि गर्न लागिएको छ ।

दसैमा पुराना गाडी भएकाले नयाँ किन्ने र नभएकाले नयाँ सवारी किन्ने चलन छ । गाडी बिक्रीका लागि धेरे संस्था छन् । ती संस्थाहरुको छाता संस्था नाडा हो । २०७२ मा उक्त संस्थाको नाम पुन परिवर्तन गरि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल राखिएको छ । यही संस्थाले प्रत्येक वर्ष सवारी साधनको कुम्भ भेला नाटा अटो शोको आयोजना गर्दै आएको छ ।

२०७५ भदौ २५ गते प्रकाशित

वि.सं.२०७५ भदौ २५ सोमवार १०:३० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...