Logo

नाडा अटो शोको उद्घाटन हुँदै, बढ्यो भूकुटीमण्डमा चहल पहल

काठमाडौं । सवारी साधनको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शोको उद्घाटन ११ बजे हुँदैछ । उक्त अटो शो हेर्न भृकुटीमण्डप आउने सर्वसाधारण नागरिक र व्यवसायीको चहल पहल बढेको छ । अटो शोमा ३९ बान्डका सवारी साधान प्रर्दशनिमा राखिएका छन् । ६ दिनसम्म चल्ने उक्त मेलामा १९ ब्रान्डका चारपांग्रे, २० बान्डका दुईपांग्रे सवारी साधान राखिएको छ । ६० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलालाई लक्षित गरेर व्यवसायीले नयाँ गाडी प्रर्दशनिमा राखेका छन् ।

अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस र उपभोक्ताले एकै ठाउँमा धेरै सवारी साधन बारे जानकारी पाउन भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ । नाडा अटो शोले दसै नेपालीको घर आगनमा आइपुगेको संन्देश दिएको छ । हिन्दुहरुको महान चार्ड दसैलाई लक्षित गरेर यस्तो शो प्रत्येक वर्ष आयोजना गरिदै आएको छ ।

यस वर्षको नाडा अटो सो दसै आउनु भन्दा करिव एक महिना अघि गरिएको छ । दसैमा पुराना गाडी भएकाले नयाँ किन्ने र नभएकाले नयाँ सवारी किन्ने चलन छ । गाडी बिक्रीका लागि धेरे संस्था छन् । ती संस्थाहरुको छाता संस्था नाडा हो । नाडाले प्रत्येक वर्ष सवारी साधनको कुम्भ भेला नाटा अटो शोको आयोजना गर्दै आएको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com