Logo

तीजको दिन रातो साडीमा देखियो नेप्से

नेपाल स्टक एक्चेन्ज (नेप्से) तीजको दिन रातो साडीमै देखिएको छ । पुँजी बजार मापक नेप्से कारोबार सुरुको समय ११ बजेदेखि नै घट्न पुगेको छ । कारोबारको बिचमा केही बढने संकेत देखिएपनि पुनः ओरालो लाग्न पुगेको छ । १२ बजेसम्म नेप्से १.७९ अकंले घटेको छ । हिजो मंगलबार ६.७७ अंकले बढेपनि आज समाचार तयार गर्दाको समयसम्म भने झिनो अंकले घटन पुगेको छ ।

अहिले नेप्से १२१६ अंकको नजिक छ । लगानीकर्ताहरु महिलाले पहिरन गर्ने तीजको कपडासँग तुलना गरेका छन् । शहरबजार राताम्मै छ, त्यसको प्रभाव परेर होला सेयर बजार पनि रातो भएको एक लगानीकर्ताले ठट्योली तर वास्तविक अवस्थालाई चित्रण गरे । हुनत सेयर बजार र तीजको कुनै सम्बन्ध नै छैन् तर, पनि लगानीकर्ताले तीजको पहिरनसँग तुलना गरेका छन् ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com