back
NMB ad

५० बर्ष पछि दलीतले गरे शिव मन्दिरमा प्रवेश

Kumari bank ad

बारा । बाराको ईतिहासमा पहिलो पल्ट ५० बर्ष पछि जातीय विभेद अन्तय गरी सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानी स्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले शिव मन्दिरमा प्रवेश गरी पुजा पाठ गरेका छन् ।

जातीय विभेद नगर्ने सहमतिपछि दलितहरुले करिब ५० बर्षपछि मन्दिर प्रवेश गर्न पाएका छन् । बर्षैदेखि यहाँका दलितलहरुलाई गैरदलितहरुले मन्दिर प्रवेश गर्न गर्नमा रोक लगाएका थिए । सोमवार भएको छलफलपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । सहमति पछी झवानिका दलितहरु मंगलवार मन्दिर प्रवेश गरेर पूजाआर्जासमेत गरेको हो ।

बर्षौपछि गाउँको शिवमहादेव मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि आफुहरु खुसी भएको वडा नम्बर ७ का वडा सदस्य सरस्वती रामले बताउनु भएकी छिन् । बर्षैौँदेखि मन्दिर प्रवेश नपाएको र आज मन्दिरमा पसी निर्धक्क भई पूजा गर्न पाउँदा खुसी लागेको छ,’ स्थानीय दलित अगुवा बिनोद रामले भन्नुभयो । करिब १ हप्ता अगाडी सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवको पहलमा दलितहरुसंग अहिलेको जमनामा पनि छुवाछुत तथा भेदभाव गर्नु कानुनको विपरित भएको ठहर अनुसार मन्दिरमा निर्वाधरुपमा दलित समुदायका ब्यतिmहरुलाई पुजापाठ गर्नका लागि पहल गर्न दलित र गैर दलित मिलाई ९ सदस्यी बर्ताका लागि बर्ता टोली गठन गरेको थियो ।

राष्ट्रिय सभाका साँसद रामपृत पासवान, नेपाल दलितसंघका केन्द्रिय सदस्य धर्मेन्द्र पासवान, दलित अभियन्ता रामबिनय पासवान, नेपाल पत्रकारमहासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश सदस्य सिकेन्द्र पासवान, प्रहरी नायव उपरिक्षक रंजित सिह रठौर, प्रहरी निरिक्षक खगेन्द्र धमला, शस्शत्र प्रहरी निरिक्षक, मधेशी दलित गैर सरकारी संस्था रौतहटका अध्यक्ष उदयनारायण राम, दलित एकीकृत बिकास नेपालका नन्दकिशोर पासवान,दलित अधिकार मञ्च रौतहटका अध्यक्ष सबिन्द्र राम, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहटका अध्यक्ष सुखाडी बैठा, रौतहटका दलित अगुवा अनूप माझी, युवा बिधार्थी संघर्ष समितिका सन्नी गुप्ता, पूर्व गाविस अमृतगंजका अध्यक्ष गगनदेव कुशवाहा, झवानीका दलित स्थानियहरु नन्दू राम, बिनोद राम,सरस्वती देवी राम लगायतका ब्यतिmहरुको पहलमा समस्या समाधान गर्न दवाव सृजना भएपछि समस्या सुल्झेको हो ।

यसैविच दलित समुदायका ब्यतिmहरुले मन्दिरमा निर्वाद रुपमा दलित समुदायका ब्यतिmहरुलाई प्रवेश गर्न दिएको सबैलाई धन्यवाद दिदैं अभार प्रकट गरेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रमेश कुर्मीको संयोजकत्वमा गठन गरिएको समितिका सदस्यहरु अवधेश सहनी .रामकिसुन महतो.रामबाबू राम .बिनोद राम.राजन दुबे.सोहान राम .नन्दु राम.अमित सिह सहितको बैठकले ५ बुन्दे निर्णय गरेको हो । मन्दिरमा पुजापाठ निर्वादरुपमा गर्नदिने, पुजारी ब्यवस्थापन गर्ने, दुवैतर्फबाट फोहर गाली गलौज गर्न नपाउने, आजैका मितिदेखि छुवाछुत तथा भेदभाव अन्य गर्ने र चर्पी निर्माण गर्ने सहमति भएको समितिका संयोजक वडाअध्यक्ष कुर्मीले जानकारी दिनुभयो ।

२०७५ भदौ २७ गते प्रकाशित

वि.सं.२०७५ भदौ २७ बुधवार १८:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...