Logo

आजदेखि कालिका पावरको आइपिओ खुल्ला, १२ लाख कित्ता बिक्री गर्दै

काठमाडौं । कालिका पावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुल्ला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा १२ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई १० प्रतिशत अर्थात ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कालिकाको आइपीओलाई ४ ग्रेड रेटिङ दिएको छ । कम्पनीले विवरण गर्न लागेका १२ लाख कित्तामध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म भर्न सकिनेछ ।

लगानीकर्ताले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com