back
NMB ad

अधिकांश विकास बैंकले यो वर्ष वोनस सेयर दिने, चुक्ता पुँजी अझै बढाउँदै

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट अधिकांश विकास बैंकले वोनस लाभांश दिने भएका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका ७ वटा विकास बैंकमध्ये ६ वटाले वोनस सेयर दिने प्रस्ताव राष्ट बैंकमा पेश गरेका छन् ।

अहिलेसम्म लाभांश प्रस्ताव घोषणा गरेका मध्ये सबैभन्दा बढी कावेली विकास बैंकले ३५ प्रतिशत वोनस सेयर दिने भएको हो । उसले लगानीकर्तालाई नगद लाभांश नदिएर वोनस सेयर मात्र दिँदै छ । दोस्रो धेरै वोनस सेयर दिनेमा साइन रेसुड. डेभलपमेन्ट बैंक छ । उसले १८ प्तिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तेस्रो धेरै वोनस सेयरको घोषण गरिमा विकास बैंकले गरेको छ । यस बैंकले १० प्रतिशत वोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिँदैछ ।

यसैगरी महालक्ष्मी विकास बैंकले ८ प्रतिशत वोनस र ७ प्रतिशत वोनस सेयर दिँदै छ । कन्काइ विकास बैंकले ३ प्रतिशत वोनस र ६.५० प्रतिशत नगद लाभांश दिँदै छ । हाम्रो विकास बैंकले २.४० प्रतिशत वोनस सेयर र ७.९२ प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांश मात्र दिने विकास बैंक ज्योति मात्र परेको छ । ज्योति विकास बैंकले ८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बृद्धि गर्ने नीति ल्याएपछि विकास बैंकले नगद भन्दा वोनस सेयर वितरण गरिरहेका छन् । राष्ट बैंकले दुई वर्ष अघि चारदेखि ६ गुनासम्म पुँजी बढाउने नीति ल्याएको थियो । कुनै बेला ८५ भन्दा बढी विकास बैंक सञ्चालनमा थिए । अहिले त्यो संख्या घटेर ३३ वटामा सिमित भएका छन् ।

२०७५ भदौ २८ गते प्रकाशित

वि.सं.२०७५ भदौ २८ बिहीवार १०:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...